उमेश कुमार साह सप्तरी असोज ३ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्रको दोस्रो साधारणसभा तथा सामाजिक परीक्षण सप्पन्न भएको छ । श्री सरस्वती सामुदायिक सिकाई केन्द्र बोदे बर्साईन नगरपालिका -५ सप्तरीको कार्यालयमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले पछिल्लो समय मानिसहरूमा पुस्तक पढ्ने बानी हराउँदै गएको भन्दै पठन संस्कृतीको बिकासका लागि सामुदायिक सिकाई केन्द्रले सहयोग पुग्ने बताउनुभयो । उहाँले यस्ता सिकाई केन्द्रको बारेमा ब्यापक प्रचार प्रसार आवश्यक रहेको बताउनुभयो ।

सिकाई केन्द्रका सदस्य तथा बोदे बर्साईन नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राम सागर यादवले स्वागत मन्तब्य राख्दै पालिकामा २ वटा सिकाई केन्द्र रहेको जानकारी गराउनुभयो । सिकाई केन्द्रको बिधान अनुसार बिभिन्न गतिविधि संचालन गरिरहेको उहाँले जानकारी गराउनुभयो । यादवले सिकाई केन्द्रको लागि संघीय सरकार र नगरपालिकाले अनुदान उपलब्ध गराउने गरेको बताउनुभयो । कार्यक्रममा उध्घोसक उमेश कुमार साहले प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सिकाई केन्द्रकी अध्यक्ष इन्द्रकला कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनीति ब्याक्ती , प्र .अ गौरीशंकर चौधरी र चंन्दन यातायात लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic