Siraha Times
ताजा समाचार

सखुवानन्कारकट्टी–१ मा कांग्रेसको १५औँ वडा अधिवेशन सर्वसम्मत सम्पन्न

  • असोज ५, २०८३
  • २७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मा नेपाली कांग्रेसको १५औँ वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट बालदेव यादवको नेतृत्वमा वडा कार्यसमिति सर्वसम्मत चयन गरिएको युवा नेता सञ्जय यादवले जानकारी दिएका छन्। अधिवेशनले वडा संगठनलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

नव निर्वाचित सभापति यादवसहित सम्पूर्ण वडा कार्यसमिति, क्रियाशील सदस्य तथा नेपाली कांग्रेसप्रति आस्थावान नेता–कार्यकर्ताबीच आपसी सहकार्य, एकता र समन्वय कायम गर्दै जनहितका विषयलाई प्राथमिकतामा राखेर काम गर्नेमा जोड दिइएको छ। युवा नेता सञ्जय यादवले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण क्रियाशील सदस्य, नेता–कार्यकर्ता तथा नेपाली कांग्रेसप्रति आस्थावान व्यक्तिहरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्।

उनले नवनिर्वाचित कार्यसमितिलाई पार्टीको नीति, सिद्धान्त र संगठनलाई मजबुत बनाउँदै जनताको हितमा सक्रिय भएर काम गर्न आग्रहसमेत गरेका छन्। वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न हुनु स्थानीय तहमा पार्टी संगठनभित्र सहकार्य र समन्वयको सन्देशका रूपमा लिइएको छ। नवनिर्वाचित नेतृत्वले वडा तहका नागरिकका समस्या, विकास निर्माण तथा जनसरोकारका विषयमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। अधिवेशनमा सहभागी नेता–कार्यकर्ताले “जय नेपाल, जय कांग्रेस” को नारासहित नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस

लहान–१८ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित शोभापुर टोलमा सरसफाइ ...

लहान–१९ मा कांग्रेसक ...

रहमुल, लहान, ५ असोज । नेपाली कांग्रेस लहान नगरपालिका–१९ को १५औँ वडा अधिवेशन असोज ३ गते सम्पन्न ...

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१