Siraha Times
ताजा समाचार

नुवाकोटका बाढीपीडितका लागि हेल्पिङ हार्ट नेपालको निःशुल्क स्वास्थ्य शिविर

  • असोज २, २०८३
  • २५१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, २ असोज । बाढीका कारण प्रभावित नुवाकोटका परिवारलाई लक्षित गर्दै Helping Heart Nepal ले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम सञ्चालन गरेको छ। बाढीपछि स्वास्थ्यसम्बन्धी समस्या तथा उपचारको पहुँचमा कठिनाइ भोगिरहेका प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले आयोजित शिविरमा स्थानीय बाढीपीडितको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको संस्थाले जनाएको छ।

विपद्का समयमा प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले स्वास्थ्य सेवा उपलब्ध गराइएको संस्थाको भनाइ छ। प्राकृतिक विपद्का कारण घरपरिवार तथा दैनिक जीवन प्रभावित भएका नागरिकलाई स्वास्थ्य सेवासँग जोड्नुका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामलाई संस्थाले प्राथमिकतामा राखेको जनाएको छ। Helping Heart Nepal ले स्वास्थ्य सेवासँगै शिक्षा र सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। विशेषगरी अतिविपन्न, दलित तथा गरिब परिवारलाई लक्षित गरी स्वास्थ्य र शिक्षाका क्षेत्रमा सहयोग गर्दै आएको संस्थाले जनाएको छ।

संस्थाले विपद् व्यवस्थापन तथा राहतका क्षेत्रमा पनि विभिन्न जिल्लामा सहयोग गर्दै आएको छ। विपद्को समयमा प्रभावित समुदायको आवश्यकता पहिचान गरी खाद्यान्न, स्वास्थ्य सेवा तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा संस्था सक्रिय हुँदै आएको बताइएको छ। संस्थाका अनुसार आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका अनाथ, गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षामा समेत सहयोग गर्दै आएको छ। शिक्षा र स्वास्थ्यलाई सामाजिक रूपान्तरणको आधारका रूपमा लिएर संस्थाले लक्षित समुदायमा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यसै क्रममा यसपटकको बाढीबाट प्रभावित नुवाकोटका परिवारका लागि पनि संस्थाले लामो समयदेखि विभिन्न प्रकारका सहयोग गर्दै आएको संस्थाका महासचिव मेराज खानले जानकारी दिए।

खानका अनुसार बाढीपछि प्रभावित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै संस्थाले निरन्तर सहयोग गर्दै आएको हो। पछिल्लो स्वास्थ्य शिविर पनि त्यही अभियानको निरन्तरता भएको उनले बताए। “पीडितको सेवामा सधैं साथमा रहने उद्देश्यका साथ हामीले स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेका हौँ,” महासचिव खानले भने, “विपद्को समयमा प्रभावित परिवारलाई तत्काल राहतसँगै स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा दीर्घकालीन सहयोग आवश्यक हुन्छ।”

May be an image of one or more people, hospital and text

संस्थाले आगामी दिनमा पनि आवश्यकता र स्रोतको उपलब्धताका आधारमा बाढीपीडित तथा अन्य विपद बाट प्रभावित समुदायलाई सहयोगलाई निरन्तरता दिने जनाएको छ। ‘पीडितको सेवामा, सधैं साथमा’ भन्ने उद्देश्यसहित Helping Heart Nepal ले देशका विभिन्न जिल्लामा सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

लहानमा पत्रकार विरेन ...

रहमुल, लहान, २ असोज । पत्रकार तथा सञ्चारकर्मी विरेन्द्र नेपालको पहलमा लहानमा सुविधा सम्पन्न अफसेट सञ ...

धनगढीमाई नगरपालिकाको ...

सिराहा, असोज १ । धनगढीमाई नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस तथा सीप, श्रम, शिल्पकार र निर्माणका आव ...

खापानी टोलमा सडक नाट ...

ओम प्रकाश यादव, लहान असोज १ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१