Siraha Times
ताजा समाचार

लहान वडा नं. ९ को नयाँ वडा कार्यालय भवनको छत ढलान कार्य शुभारम्भ

  • असार ४, २०८२
  • ९४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार ४ । हिजो लहान नगरपालिका वडा नं. ९ मा निर्माणाधीन वडा कार्यालय भवनको छत ढलान कार्य शुभारम्भ गरिएको छ। विधिपूर्वक पूजा–पाठसहित वडाध्यक्ष घुरन थारुको नेतृत्वमा वडाका जनप्रतिनिधिहरू, कर्मचारी तथा स्थानीयबासीको उपस्थितिमा छत ढलान कार्य सुरु गरिएको हो।

वडाध्यक्ष थारुले शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भवन निर्माण सम्पन्न भएपछि वडा कार्यालयबाट नागरिकलाई अझ सहज, प्रभावकारी र नियमित सेवा प्रवाह हुने विश्वास व्यक्त गरे। उहाँले निर्माण कार्यमा गुणस्तर र पारदर्शितामा कुनै सम्झौता नगरिने प्रतिबद्धता पनि जनाउनुभयो। वडा सदस्यहरु कमला बत्ती देवि , यश कुमार चौधरी ,राज कुमार मल्ल, लगन बत्ती मोची लगायत अन्य प्रतिनिधिहरुले पनि बोल्दै भवन निर्माणमा सबैको सहयोग अपरिहार्य भएको बताए। उहाँहरुले स्थानीयवासीको विश्वास र अपेक्षालाई ध्यानमा राखेर छिटोभन्दा छिटो भवन सम्पन्न गरिने बताए।

यस अवसरमा निर्माण कम्पनीका इन्जिनियर र प्राविधिक टोलीले भवनको निर्माण प्रक्रिया, लागत र समयावधि सम्बन्धी जानकारी दिएका थिए। झण्डै ३५ लाख २२ हजार रुपैयाँको लागतमा निर्माण हुँदै गरेको सो वडा कार्यालय भवनको पहिलो तला निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने छत ढलानपछि बाँकी आन्तरिक संरचना, प्लास्टर, ढोका–झ्याल तथा पेन्टिङको काम सुरु हुने वडा कार्यालयले जनाएको छ।

शुभारम्भ कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, महिला समूह, युवा क्लब तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। वडाध्यक्ष थारु सहित उपस्थित सबैले निर्माण कार्य समयमै सम्पन्न गर्न जनसहभागिताका साथ निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ बदरबोना र वि ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित बदरबोना र विष्णुपुर टोलमा सरसफा ...

खडक नगरपालिकाका नागर ...

ओम प्रकाश यादव लहान असोज ५ । खडक नगरपालिकाले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण ...

लहानमा ५० बेड क्षमता ...

ओम प्रकाश यादव लहान असोज ५ । सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी–लोकहाँ सडकखण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१