लहानमा मुटु तथा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै

  • फागुन २५, २०८१
  • ७६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान,फागुन २५ । लहानमा मुटु तथा मधुमेह (चिनि) रोगको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको स्तरको अस्पताल स्थापना गरिने भएको छ । नेपाल हृदय रोग निवारण संघद्वारा लहान नगरपालिका-४ मा हालै स्थापना गरिएको कार्डियो डाइबेटिक सेन्टरमार्फत मुटु तथा मधुमेह रोगसम्बन्धी सेवाहरू प्रदान गरिन थालिएको छ । सेन्टरमार्फत हाल ओपीडी सेवा सञ्चालन भइसकेको छ भने मुटुको स्क्रिनिङसमेत भइरहेको छ ।

नेपाल हृदय रोग निवारण संघका अध्यक्ष तथा मुटु रोग विशेषज्ञ डा. बालकृष्ण ओरज्ञान (चौधरी) का अनुसार निकट भविष्यमा लहानमै शहीद गंगालाल जस्तै अत्याधुनिक अस्पताल निर्माण गर्ने योजना रहेको छ । यसले तराई-मधेसका हजारौं नागरिकलाई गुणस्तरीय मुटु रोग उपचार सेवा प्राप्त गर्न सहज हुनेछ । हालै सञ्चालनमा आएको कार्डियो डाइबेटिक सेन्टरको औपचारिक उद्घाटन फागुन २६ गते सोमबारका दिन गरिने तयारी भएको छ । उद्घाटन समारोहको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिने भएको छ ।

शिविरमा शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र जर्मनीबाट आएका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नेछ । शिविरमा नगरवासीलाई मुटु तथा मधुमेह रोगसम्बन्धी परीक्षण तथा उपचार सेवा निःशुल्क उपलब्ध गराइने छ । दुई दिने स्वास्थ्य शिविरमा निःशुल्क बिरामी जाँच, इकोकार्डियोग्राफी (ईको), इलेक्ट्रोकार्डियोग्राफी (ईसिजी), ल्याब परीक्षण तथा आवश्यक औषधि वितरण गरिनेछ । यस अवसरमा विशेषगरी मधुमेह तथा हृदय रोगको प्रारम्भिक अवस्था पहिचान गर्न मुटु स्क्रिनिङ गरिने छ । शिविर आयोजकका अनुसार यो कार्यक्रम स्थानीयवासीका लागि महत्वपूर्ण अवसर हो । नगर प्रमुख महेश चौधरीले यस प्रकारका स्वास्थ्य शिविरले सर्वसाधारणलाई गुणस्तरीय सेवा प्राप्त गर्न मद्दत पुग्ने बताए । उनले नगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण तथा सहयोग प्रदान गरिने प्रतिबद्धता जनाए ।

डा. बालकृष्ण ओरज्ञान (चौधरी) का अनुसार मधेस प्रदेशमा मुटु तथा मधुमेह रोगको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यो समस्यालाई मध्यनजर गर्दै लहानमा स्थायी रुपमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेन्टर स्थापना गरिएको हो । उनले नगरवासीलाई शिविरमा उपस्थित भई निःशुल्क सेवाको लाभ उठाउन अनुरोध गरेका छन् । स्वास्थ्य शिविर सञ्चालनका लागि नेपाल हृदय रोग निवारण संघ, लहान नगरपालिका तथा विभिन्न सामाजिक संस्थाहरूले सहकार्य गरेका छन् । आयोजकका अनुसार शिविर बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । चिकित्सकहरूले बिरामीहरूको अवस्था मूल्यांकन गरी आवश्यक परे थप उपचारका लागि सिफारिस गर्नेछन् । यस प्रकारको शिविरले स्थानीयवासीलाई मुटु तथा मधुमेह रोगप्रति सचेत गराउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१