Siraha Times
ताजा समाचार

युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले हाउस वायरिङ तालिम सम्पन्न

  • असार ३२, २०८३
  • ५४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र कुमार यादव सप्तरी असार ३२ । युवाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको हाउस वायरिङ तालिम सम्पन्न भएको छ। ‘जनतासँग गाउँपालिका अध्यक्ष’ कार्यक्रमअन्तर्गत युवाहरूका लागि आयोजना गरिएको उक्त तालिम २०८३ साल असार १ गतेदेखि असार १५ गतेसम्म सञ्चालन भएको हो। बलान बिहुल गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मलहनिया, सप्तरीको सहयोग तथा विकासका अग्रसर पैलाहरु, विष्णुपुर गाउँपालिका–४, सप्तरीको आयोजनामा गाउँपालिकाको सभा हलमा तालिम सञ्चालन गरिएको थियो।

तालिम समापन कार्यक्रम आयोजक संस्था विकासका अग्रसर पैलाहरुका अध्यक्ष कृष्ण देव यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यादवले युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सीपमूलक तथा व्यावसायिक तालिम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न सहभागी युवाहरूलाई आग्रह गर्नुभयो। स्थानीय तहले युवाहरूलाई सीप, अवसर र आत्मनिर्भरतासँग जोड्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको उहाँको भनाइ थियो।

हाउस वायरिङ तालिममा सहभागी युवाहरूलाई घर तथा भवनमा विद्युतीय तार जडान, विद्युत् उपकरणको आधारभूत प्रयोग, वायरिङका विभिन्न प्रविधि, विद्युत् सुरक्षाका उपाय तथा व्यावसायिक रूपमा काम गर्न आवश्यक आधारभूत ज्ञान र सीप प्रदान गरिएको थियो। तालिमले सहभागी युवाहरूलाई स्थानीय स्तरमै कामको अवसर सिर्जना गर्न तथा आफ्नै व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तालिममा प्रमोद यादव, सिवा चौधरी, सरोज चौधरी, सुरेश यादव, मिथलेश पासमान, कृष्ण ठाकुर, रंजित पासमान, धर्मेन्द्र पासमान, शिव कुमार पासमान, मनिकान्त साह, राजेश पासमान, बैजनाथ पासमान, परसुराम चौधरी, किशुन साह, विजय चौधरी, आनन्द चौधरी र अरविन्द चौधरीलगायत युवाहरूको सहभागिता रहेको थियो।

तालिमका प्रशिक्षक विजय मिश्रले सहभागीहरूलाई हाउस वायरिङसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपले आफूहरूलाई रोजगारी तथा स्वरोजगारको क्षेत्रमा अघि बढ्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।

कार्यक्रमका सहभागीहरूले युवाहरूलाई लक्षित गरी सञ्चालन गरिने यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। स्थानीय तह, सामाजिक संस्था र सम्बन्धित निकायबीचको सहकार्यमा यस्ता कार्यक्रम सञ्चालन गर्न सके युवाहरूलाई आत्मनिर्भर बनाउँदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१