Siraha Times
ताजा समाचार

सिराहा: धान नरोपिदिएको निहुँमा सदायवस्तीलाई टार्गेट बनाई नाकाबन्दी आवतजावतमा समस्या

  • असोज १०, २०८१
  • १०७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विष्णुदेव सरदार सिराहा, १० असोज । जग्गा धनीले आफ्नो धनसम्पत्ति जग्गा पुँजी संरक्षण गर्नु कुनै अनौठो आश्चर्य होइनन् । तर, कसैले समाजलाई आँच आउने गरि उत्त-श्रृङखलाबद्ध क्रियाकलाप गरेको खण्डमा समाजलाई लज्जित हुने गरि काम पनि हुदैन । तर, विडम्बना विश्ववास नलाग्न सक्छ - नरहेका एक जना युवकले - सडक नै घेराउ गरिएको अवस्था छ। यस्तो अवस्था समाजलाई कहिल्यै स्वीकार्य हुन् सक्दैनन् ।

naraha

प्रसंग हो- सिराहाको नरहा गाउँपालिका वडा नम्बर - १ स्थित गैराहाकाे दलित बस्तीमा नाकाबन्दी गरिएको छ । लगभग ४५/५० घरधुरी मुसहर बस्ती रहेका मुल सडक नरहा गाउँपालिका वडा नम्बर - २ का रामचलितर यादवकाे छाेरा महेश यादवले सडक बन्द गर्दै मुसहर समुदाय माथिको १० दिन देखि आवतजावत नहुने गरि नाकाबन्दी गरिएको छ । उनलेे तारको काँटाले आवतजावत अवरुद्घ हुने तार काँटले बेरिएको अवस्था छ। मुसहर समुदायका अगुवा (माईजन) जाेगि सदाका भन्नू हुन्छ " हामी पुस्तैदेखि बसोबास गरि रहेका छाै " तर , भदैयाकाे खेतमा धान बालीमा काम नगरेको निहुँमा आवतजावत रोक लगाइएको हो ।

उनका अनुसार - समय समयमा धाक धम्की दिने गरेको बताइएको छ । हाम्रो नेपाली समाजमा र नेपालको संविधान लेखिएको छ हरेक व्यक्तिले स्वतन्त्रपुर्वक बाँच्न, हिड्न, आधारभूत आवश्यकताहरु पूरा गर्ने अधिकारको सुनिश्चितता गरिएको छ। तथापि, निहुँमा कसैलाई धाक धम्की डर त्रास दिनु भनेको यस्तो पक्ष समाजलाई अस्वीकार्य हुन् सक्छ । यता, सिराहाका दलित नेता - अधिकारकर्मी संजय महाराका अनुसार नेपालमा पनि दलित समुदाय स्वतन्त्रपूर्वक हिडडुल गर्न र स्वतन्त्र पूर्वक मजदुरि र ज्यालादारी गर्न नपाउने स्थिति रहेको टिप्पणी गरे । दलित समुदाय माथि हुने अन्याय, अत्याचार, दमन ,शाेषण तथा उत्पिडन दिनहुँ भई रहदा समेत सरोकारवाला बेखबर भएको अवस्था छ । दलित अधिकारकर्मी महराले नाकाबन्दी लगाएका व्यक्तिलाई कानुनी कठघरामा उभ्याउन सिराहा प्रहरी, प्रशासनसँग सम्बन्धित सरोकारवालाहरुसँग माँग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१