नवराजपुरमा स्वास्थ्यकर्मीलाई सम्मान

  • जेठ ३२, २०८१
  • ६९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३२ जेठ सिरहाको नवराजपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र, नवराजपुरमा गाउँपालिका स्तरिय पुर्ण खोप घोषणा कार्यक्रममा पालिका भरीका सम्पुर्ण स्वास्थ्यकर्मी र महिला स्वमसेवीकाहरुलाई गा.पा. अध्यक्ष शिवउदगार यादव र उपाध्यक्ष पुनम यादव द्वारा उच्च कदर सम्मान भएको गा.पा. अध्यक्षको सचिवालयले जनाएका छन।

कार्यक्रमको अध्यक्षता गर्दै गा.पा. अध्यक्ष यादवले नागरिकको सेवाशुबिधामा हाल सम्म स्वास्थ्यकर्मीले पुर्याएको योगदान लाई कदर गर्दै आउने दिनमा सहज तरीकाले सेवा नागरिकको लागी प्रवाह गर्न निर्देशन दिएका छन भने नागरिकको गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मी अगाडी बढ्नु र मेरो सरकार पछि नहटने बताएका छन। स्वास्थ्यकर्मीहरुलाई दोसल्ला ओढाउदै गा.पा. उपाध्यक्षले बिभिन्न रोग बाट हाम्रो पालिकामा महिला जमात बढि प्रभाबित रहेको बिभिन्न तथ्यांकले दिखाइसकेको हुदा यस तर्फ स्वास्थ्यकर्मी गम्भिर हुन जरुरी रहेको बताएकी छिन।

समग्र रुपमा भन्नु पर्दा एक पछि अर्को फर्को मार्दै शिवउदगार यादव नेतृत्वको सरकार स्वास्थ्य क्षेत्रमा पनि निकै अगाडी बढि सकेको देखिन्छ। जसरी सबै क्षेत्रलाई समेटेर पालिका समृद्ध बनाउन शिवउदगार यादव नेतृत्वको स्थानीय सरकार अगाडी बढेको छ ठिक त्यसरी नै अन्य पालिका अगाडी बढ्न जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सुखीपुर नगरपालिकाले ...

ओम प्रकाश यादव, लहान असार १६ । सिरहा जिल्लाको सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमान ...

सिराहा: पर्सापोखर्भि ...

विसूनदेव सरदार सिराहा / असार १४ गते ।  लक्ष्मीपुर पतारी गाउँपालिका वडा न.–२ पर्सा पोखर्भि ...

नवराजपुरको गेरुवाहा ...

ओम प्रकाश यादव, लहान असार १३। सिरहाको नवराजपुर गाउँपालिका वडा न .१ अन्तर्गत गेरुवाहा गाउँमा गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१