ताजा समाचार

मिर्चैयाको पंचमुखी कलेज मधेश प्रदेशमै उत्कृष्ट

  • असार ११, २०८२
  • १३४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, ११ असार । सिरहाको मिर्चैयामा रहेको सहिद पंचमुखी कलेज (प्राविधिक शिक्षालय) ले मधेश प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । २०८१ बैशाख महिनामा संचालन भएको ३ वर्षे डिप्लोमा इन फार्मेसी (PCL) को परीक्षामा कलेजबाट सहभागी भएका ४० जना विद्यार्थीमध्ये २६ जना अर्थात ६५ प्रतिशत विद्यार्थी उतिर्ण हुन सफल भएको कलेजका अध्यक्ष दिलिप साहले जानकारी दिए।

मधेश प्रदेशमा डिप्लोमा इन फार्मेसी (PCL) को अध्यापन गराउने १२ वटा कलेज मध्ये मिर्चैयाको पंचमुखी कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । कलेजले रोजगारमूलक ३ वर्षे डिप्लोमा ईन फार्मेसीको अध्यापन गराउदै आएका छन् भने निकट भविष्यमा डिप्लोमा इन जियाेमेटिक्स इन्जिनिरिङ्ग (सर्वेक्षक), डिप्लोमा इन एग्रीकल्चर (वाली विज्ञान), एचए, ल्याब टेक्निसियन र स्टाफ नर्सको कार्यक्रम संचालन गर्ने तयारीमा रहेको कलेज अध्यक्ष साहले जनाएको छ । कलेजले अनुभवी तथा दक्ष प्राध्यापकद्वारा पठनपाठन, प्रयोगात्मक कक्षाको समुचित व्यवस्था र छात्रावासको उचित सुविधा सहित प्राविधिक क्षेत्रका विभिन्न कक्षाहरु संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤