Siraha Times
ताजा समाचार

मिर्चैयाको पंचमुखी कलेज मधेश प्रदेशमै उत्कृष्ट

  • असार ११, २०८२
  • १२६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, ११ असार । सिरहाको मिर्चैयामा रहेको सहिद पंचमुखी कलेज (प्राविधिक शिक्षालय) ले मधेश प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । २०८१ बैशाख महिनामा संचालन भएको ३ वर्षे डिप्लोमा इन फार्मेसी (PCL) को परीक्षामा कलेजबाट सहभागी भएका ४० जना विद्यार्थीमध्ये २६ जना अर्थात ६५ प्रतिशत विद्यार्थी उतिर्ण हुन सफल भएको कलेजका अध्यक्ष दिलिप साहले जानकारी दिए।

मधेश प्रदेशमा डिप्लोमा इन फार्मेसी (PCL) को अध्यापन गराउने १२ वटा कलेज मध्ये मिर्चैयाको पंचमुखी कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । कलेजले रोजगारमूलक ३ वर्षे डिप्लोमा ईन फार्मेसीको अध्यापन गराउदै आएका छन् भने निकट भविष्यमा डिप्लोमा इन जियाेमेटिक्स इन्जिनिरिङ्ग (सर्वेक्षक), डिप्लोमा इन एग्रीकल्चर (वाली विज्ञान), एचए, ल्याब टेक्निसियन र स्टाफ नर्सको कार्यक्रम संचालन गर्ने तयारीमा रहेको कलेज अध्यक्ष साहले जनाएको छ । कलेजले अनुभवी तथा दक्ष प्राध्यापकद्वारा पठनपाठन, प्रयोगात्मक कक्षाको समुचित व्यवस्था र छात्रावासको उचित सुविधा सहित प्राविधिक क्षेत्रका विभिन्न कक्षाहरु संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१