पोखरियाका लेखापाल मन्दिप महतोले भ्रष्टाचार गरी करिब २० करोडको सम्पत्ति अर्जेको आरोप

  • असार ७, २०८२
  • १५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ७ असार । पोखरिया नगरपालिकाका लेखापाल मन्दिप महतोको गाउँ देखि वीरगंज सम्म करिब २० करोडको सम्पत्ति रहेको समाचार स्रोतले जनाएको छ । कालिकामाई गाउँपालिका वडा नं. ५ बिरञ्चीबर्वा निवासी महतो सामान्य परिवारका व्यक्ति थिए । तर अचेल उनी करिब २० करोडको सम्पत्ति अर्जेको स्रोतको दाबी रहेको छ ।

महतोका बुवा मणिभुषण महतो केवट सरकारी जागिरे हुन र उनी हाल कालिकामाई गाउँपालिकाको वडा नं. ५ को वडा सचिवमा कार्यरत्त रहेका छन् । सचिव मणिभुषण महतो समान्य परिवारको भएतापनि छोरा मन्दिपलाई पढाई लेखाई गराई लेखापालमा जागिर खुवाउन सफल भएका व्यक्ति हुन भने अर्को छोरा सन्दिप महतोलाई काठमाडौंमा एमबिबिएस गराउदै गरेको स्रोतको भनाई रहेको छ । 

सचिव मणिभुषण प्रमुख प्रशासकीय अधिकृत अमित गिरीको आर्शिवादमा छुटै लुट मच्चाई राखेका छन् भने उनका छोरा लेखापाल मन्दिप महतो एैयासी जिवन बिताउदै करोडौं करोडको सम्पत्ति जोडन सफल भएको स्रोतको कथन रहेको छ । लेखापाल मन्दिप महतोको दरबन्दी श्रम कार्यालय पर्सामा रहेपनि उनी काजमा पर्साको पोखरिया नगरपालिका तथा छिपहरमाई गाउँपालिकामा कार्यरत्त रहेका छन् । पोखरिया नगरपालिकामा लेखापाल महतोको भ्रष्टाचारकै कारण नगरपालिका गन्हाएको स्थानियहरु बताउंदछन् । 

कमिशनको मामिलामा सेवाग्रहीहरु सँग अग्रिम पिसी (पर्सनल कमिशन) नलिईकन चेक नबनाउने बानी बसालेका लेखापाल महतोले रकमको मातमा नगरपालिकालाई बदनाम गराउदै एैयासी जिवन बिताउनमा मस्त रहने गरेको कर्मचारीहरु नै बताउंदछन् । भ्रष्ट प्रवृतिका लेखापाल सामान्य परिवारका व्यक्ति भए पनि उनी गाउँमा दुई तल्ले महल, धनहर खेती र वीरगंजको कैयौं ठाउँमा घडेरीहरु किन्न सफल भएका छन् भने ४ ठाउँमा भाडामा फ्ल्याट लिएको स्रोतले जनाएको छ ।

वीरगंजको राधेमाई, पावरहाउस चौक, ओमआश्रम श्रीपुर र अशोकवाटिकामा फ्ल्याटहरु भाडामा लिएको ती स्रोतको भनाई रहेको छ । लेखापाल महतोले भ्रष्टाचार गर्ने र सो भ्रष्टाचारको रकमबाट अलग–अलग ठाउँमा फ्ल्याट लिएर एैयासी जिवन बिताउने गरेको उनको दिनचर्या नै बनेको स्रोतको कथन छ । लेखापाल महतोले कैयौं जग्गा जमिन आफ्ना आफ्न्तजनको नाममा र वीरगंजबाट काठमाडौं चल्ने करिब एक दर्जन टाटासुमो किनी भाडामा कुदाईरहेका छन् भने महतोले आफु चढनका लागि क्रेटा गाडी खरिद गरेको स्रोतको कथन रहेको छ ।

पोखरिया नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ मा आएको सशर्त अनुदानको रकम २२ करोड २८ लाख ८८ हजार मध्ये २ करोड ३० लाख ८५ हजार ३२१ रुपैया ५६ पैसा फिर्ता गर्नु पर्ने रकम शिर्षकलाई मिची अन्य शिर्षकमा खर्च गरी भ्रष्टाचार गरेको स्रोतले जनाएको छ । सशर्त अनुदानको रकम जुन शिर्षकमा छ, त्यसै शिर्षकमा सो बजेट चलाउनु पर्नेमा भ्रष्ट प्रवृतिका लेखापाल महतो र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवको मिलोमतोमा कमिशन मोहका कारण शिर्षकलाई गोलमटोल गरी बढी कमिशन आउने कार्यमा खर्च गरेको स्रोतको भनाई रहेको छ । 

आर्थिक बजेट सञ्चालन नियमावली अनुसार सशर्त अनुदानबाट मौज्दात रहेको रकम अन्य शिर्षकमा खर्च गर्नु पर्ने प्रावधान नरहे पनि लेखापाल महतोले नियम कानुनलाई धोती लगाउदै बढी कमिशन कुम्ल्याउनकै लागि सो रकम अन्य शिर्षकमा खर्च गरेको जानकारहरु बताउंदछन् । स्रोतका अनुसार शिर्षक मिची निकासा गरिएका शिर्षकहरुमा बढी भन्दा बढी तालिम, जिन्सी सामानहरुको फर्जी बिल राखी रकम झ्वाम पार्ने कार्य गरिएकोमा ती २ करोड ३० लाख ८५ हजार ३२१ रुपैया ५६ पैसा कहाँ, किन र कुन शिर्षकमा खर्च गरिएको हो ? अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले फाईलहरु नियन्त्रणमा लिई छानबिन गरेमा भ्रष्टाचारका कालाकर्तुतहरु घाम जस्तै छर्लङ्ग हुने पोखरियावासीहरुको कथन रहेको छ ।

भ्रष्टाचारका कालाकर्तुतहरु बारे लेखापाल मन्दिप महतो सँग मोबाईल फोन गरी प्रतिक्रिया लिन खोज्दा उनको मोबाईलको स्विच अफ रहेको पाईयो । त्यसैगरी उनका बुवा वडा सचिव मणिभुषण महतो सँग मोबाईल फोन गरी प्रतिक्रिया लिंदा आफु वडा नं. ५ मा कार्यरत्त रहेको पुष्टि गरे भने छोरा मन्दिप महतोको बारेमा सोध्दा उनको बारेमा मलाई थाहा नभएको र उनी घरमा बस्ने नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस

नवराजपुर गाउँपालिकाम ...

ओम प्रकाश यादव, लहान ७ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनाम ...

अन्तर विद्यालय स्तरी ...

रहमुल लहान ७ असार । "कला संस्कृति हाम्रो स्वाभिमान । समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान" मुल ...

अधिकृत श्रीवास्तव पक ...

रंजित चौरसिया,वीरगंज ६ असार । पोखरिया नगरपालिकाका तत्कालिन नि.प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१