Siraha Times
ताजा समाचार

अनैतिक सम्बन्धका कारण नेपाल नाई ट्रेड युनियन र ओबिसीका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर थुनुवामा

  • जेठ ५, २०८१
  • १४०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर थुनामा परेका छन् । उनका श्रीमती उषा कुमारी ठाकुरले परस्त्रीर ओ.बि.सी. र नेपाल नाई.ट्रेड युनियनका केन्द्रीय पदाधिकारी एक महिलासँग अनैतिक सम्बन्धमा लागेर आँफुलाई दुर्ववहार गाली बेईज्जती तथा कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ललितपुरमा किटानी जाहेरी दिएपछि दुबै पक्षलाई छलफलका लागि शुक्रबार प्रहरीले बाेलाएका थिए ।

बिगतका दिनमा र अहिले अध्यक्ष ठाकुर बेलाबेलामा विवादित बन्दै आएको छ । २०७९ काे चुनावमा उनलेे OBC काे लागाे झण्डा प्रयोग गरेको हुँदा उनलाई OBC महासंघका केन्द्रीय समितिले उनलाई कारवाही समेत गरेका थिए भने गत वैशाख २५ गते काठमाडौंकाे बानेश्वरमा भएको एक कार्यक्रममा ठाकुरलाई उनकै केन्द्रीय समितिका पदाधिकारीहरुले भ्रष्टाचारीकाे संज्ञा दिदै बिराेध प्रदर्शनी समेत गरेका थिए ।

रेडकार्ड वितरण गरि प्रति सैलुन रु १५००/- देखि १७५०/- सम्म उठाउने र विभिन्न संघसंस्था व्यक्तिबाट समेत रकम उठाएर भ्रष्टाचार गरेको र हिसाब माग्दा उल्टै गाली बैइजती गर्ने गरेको नेपाल नाई ट्रेड युनियनका केन्द्रीय सदस्य गंगा ठाकुरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी–५ को आधा ...

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत वि ...

लहान–४ चम्पापुरमा वि ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत ...

आठ वर्षदेखि अल्झिएको ...

रहमुल, लहान, १० असोज । सिरहाको लहान नगरपालिका–२४ झुटकीमा तीन पुस्तादेखि मोहीका रूपमा जग्गा भोग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤