पर्दा अगाडी राखेर विशनपुरमा भयो चोरी

  • आश्विन १, २०८०
  • ४७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, असोज १ । सिरहाको धनगढीमाई १२ मा रहेको एक घरबाट गए राति चोरी भएको छ । स्थानिय बिशनपुर स्थित दिनेश यादवको घरमा राति चोरी भएको हो । बाटो छेउमा रहेको घरमा ताल्चा फुटाएर ढोका अगाडि पर्दा राखेर चोरी गरिएको छ । घरमा सासु आमा बिरामी परेको कारणले घरमा ताल्चा लगाएर आफ्नो छेउको घरमा बच्चाहरु लिएर सुतिरहेको बेलामा चोरी भएको पारिवारिक स्रोतले बताएको छ । बाख्रालाई बिहानी पख हेरचाहको लागि उठेर हेर्दा ढोका उघारिएको देखेपछि घरबाट चोरी भएको थाहा पाएको पारिवारिक स्रोतले बताएको छ । स्थानियको सहयोगमा घर बारीमा यत्रतत्र फालिएको अवस्थामा सर सामान भेटिएको थियो । घरबाट L C D , गरगहना , नगद लगाएत चोरी भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

हवल्दार बिष्ट उदयपुर ...

सप्तरी, १४ फाल्गुन । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार मिलन बिष्ट पौष महि ...

मिर्चैया नगरपालिकाद् ...

सिरहा । मिर्चैया नगरपालिकामा भइरहेको बेथिति र भ्रष्टाचार लगायत नेता कार्यकर्ताहरु माथी लगाएको झुठा म ...

२४ केजी ५६० ग्राम ला ...

कपिलवस्तु, फाल्गुन १४ कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी ट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१