Siraha Times
ताजा समाचार

भोटेकोशी बाढी प्रभावितलाई कपिलवस्तुका ६ पालिकाबाट दुई करोड सहयोग

  • भदौ २२, २०८३
  • ३५७ पटक पढिएको
  • रहमुल
alt

तौलिहवा (कपिलवस्तु) । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि कपिलवस्तुका छ स्थानीय तहले रु दुई करोड २५ लाख १३ हजार सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । केही पालिकाले रकम जम्मा गरिसकेका छन् भने केहीले जम्मा गर्ने निर्णयमात्र गरेका छन् । कपिलवस्तु नगरपालिकाले रु ५१ लाख ११ हजार, वाणगङ्गा नगरपालिकाले रु ४५ लाख, बुद्धभूमि नगरपालिकाले रु ४३ लाख ४५ हजार, महाराजगञ्ज नगरपालिकाले ३७ लाख र शिवराज नगरपालिकाले रु ३८ लाख ५७ हजार सहयोग गर्ने निर्णय गरेका छन् ।

विजयनगर गाउँपालिकाले १० लाख रुपियाँ कोषमा जम्मा गरिसकेको जनाइएको छ । पालिकाहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकसमेतको सहभागितामा सहयोग रकम जुटाएका हुन् । विपद्का बेला स्थानीय तहले आफ्नो क्षेत्रभन्दा बाहिरका प्रभावित नागरिकका लागि सहयोग गर्ने क्रम बढेको छ । बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशवकुमार श्रेष्ठले बाढीपीडितको उद्धार, घाइतेको उपचार, बेपत्ताको खोजी तथा प्रभावितको पुन:स्थापनामा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले स्थानीय सरकारले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने उनको भनाइ छ । कपिलवस्तुका अन्य चार स्थानीय तहले बाढी प्रभावितका लागि सहयोग गर्ने तयारी गरेका छन् । यसैगरी जिल्लाका उद्योगी, व्यवसायी, सामुदायिक वन, विद्यालय तथा समाजसेवीले समेत उद्धार कोषमा रकम जम्मा गरी सहयोग गर्ने क्रम जारी राखेका छन् । जिल्लाको अन्य संघ संस्था एवम् व्यापारी तथा व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा जसपाको रा ...

रहमुल, लहान, २२ भदौ । सिरहाको भगवानपुर गाउँपालिकामा पछिल्लो राजनीतिक घटनाक्रमले स्थानीय राजनीतिक वृत ...

जलवायु उत्थानशील कृष ...

रहमुल, लहान २१ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएको चुनौतीलाई न्यूनीकरण गर्दै कि ...

डिआइजीको नाम भजाएर त ...

रंजित चौरसिया, वीरगंज २१ भदौ । बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी प्रशासनकै मिल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१