Siraha Times
ताजा समाचार

शान्ति पुनर्स्थापना गृहको आयोजनामा रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

  • भदौ २२, २०८३
  • १२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति शान्ति पुनर्स्थापना गृह कपिलवस्तुको आयोजनामा कृष्णानगरको लिंक गेटमा श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ। साँझ ६ बजे आयोजित उक्त कार्यक्रमको शुभारम्भ कृष्णानगर नगरपालिका वडा नं २ कि कार्यवाहक अध्यक्ष रेनु शर्मा लगायतले मैननबत्ती बालेर गर्नुभएको थियो।

कार्यक्रमका सहभागीहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरेका थिए। श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजसेवी हरुले विपद्‌मा परी ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो। कृष्णनगर नगरपालिका, इलाका प्रहरी कार्यालय कृष्णानगर , सशस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुको सहकार्य तथा विभिन्न संघसंस्था, होटल व्यवसायी संघ, स्थानिय प्रतिनिधी, बुद्धिजिवि, यातायात व्यवसायी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

बाढीपीडितको पीडामा म ...

रंजित चौरसिया वीरगंज २२ भदौ। रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरू ...

भोटेकोशी बाढी प्रभाव ...

तौलिहवा (कपिलवस्तु) । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१