डावरमा एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

  • असार १६, २०८०
  • ६५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल आषाढ़ १६ । सिराहाको धनगढीमाई १३ स्थित रहेको डावर खेल मैदानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जननेता मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा चोहोर्वा फुटबल टिम र कल्याणपुर फुटबल टिमविच भएको खेलमा चोहर्वा फुटबल टिम विजय भएका छन । नेपाल खेलकुद महासंघ सिरहाको आयोजनामा आयोजित कार्यक्रममा श्रवण ठकुरीको अध्यक्षता र माननीय सत्रुघन महतोको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा विशिष्ट अथिती मेयर शिवशंकर महतो, पाण्डव हमाल अथितिहरु श्याम कुमार सिंह ,प्रेम कुमार लामा , दिलीप लामा ,अमित लामा ,रामेश्वर यादव , मेख बहादुर मगर लगाएत जिल्लाका खेल जगतका चर्चित व्यक्तित्वहरूकाे सहभागितामा आयोजित कार्यक्रममा अथितीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । खेलमा सहभागी सबै टिमका खेलाडीहरुलाई प्रमाणपत्र र तक्मा प्रदान गरिएकाे थियाे । खेलको शुरुमा ओलम्पिक धुन बजाइएको थियाे भनें उद्दघाटन हुनु पूर्व राष्ट्रिय गान गाइएको थियो । खेलाडीलाई फुटबल दिँदै पूर्व मन्त्री सत्रुघन महतोले खेलको उद्दघाटन गरेपछि खेलाडीहरुले खेल शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

अमित ठकुरीको एतिहासि ...

विनोद मण्डल, मंसिर २४ । भौगोलिक रूपमा विकट मानिएको धनगढीमाई नगरपालिकाको वडा नं १४ का आम जनताको हात ह ...

हात्तीदह सिमसारको यो ...

सिराहा, मंसिर २४ गते । सिराहाको लहान नगरपालिका वडा न. १५ सोभापुरमा अवस्थित श्री कोईरालो खोला नमुना स ...

प्रसौनी बाराका घुमुव ...

रंजित चौरसिया,बारा २४ मंसिर। यस अनलाईनले शुक्रवार “ईप्रका प्रसौनी बाराका घुमुवाहरु पटेल र केवट ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

Copyright © 2016 / 2023 - Sirahatimes.com All rights reserved

Website By : Hash Tech Logic