पोखरीयाका निवर्तमान अधिकृत अजय श्रीवास्तव र ईटियाहीका अजित चौरसिया पर्सा प्रहरीद्वारा पक्राउ

  • वैशाख २४, २०८२
  • १८९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज, २४ बैशाख । पोखरीया नगरपालिकाका निवर्तमान अधिकृत अजय कुमार श्रीवास्तव र विन्दवासिनी गाउँपालिका ईटियाही टोलका अजित कुमार चौरसियालाई पर्सा प्रहरीले बुधबार पक्राउ गरेको छ । पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसियाको जाहेरीले बादी नेपाल सरकार रहेको ज्यान मार्ने उद्योग मुदामा श्रीवास्तव र चौरसियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालिन अवस्थामा पोखरीया नगरपालिकाको भ्रष्टाचारजन्य विरुद्ध म पत्रकार रंजित चौरसियाले समाचार प्रकाशन गरेको थिए ।

 सो सामाचार लेखे वापत म पत्रकार रंजित चौरसिया र काम गरिरहेको अनलाईन माथि सम्मानित जिल्ला अदालत पर्सामा श्रीवास्तवले गालि बेइज्जतीको मुदा दिए । सोहि सामाचारलाई आधार बनाई पत्रकार चौरसिया माथि अधिकृत श्रीवास्तव र नेशेन्ट एजुकेशनका अजित चौरसिया लगायतकाले विद्युतीय अपराध सम्बन्धमा मुदा दर्ता गराए । म पत्रकार चौरसियाले नेशेन्ट एजुकेशनको विकृती विरुद्ध पनि जनमानसमा सचेतना फैलाउन सामाचार प्रकाशन गरेको थिए । त्यती बेला नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगोपाल थापाको कुसंस्कार विरुद्ध पनि सामाचार प्रकाशन गरेको थिए । तत्कालिन अवस्थामा ज–जसको विकृती विरुद्ध म पत्रकार चौरसियाले सामाचार लेखे उनीहरु एक जुटभई विद्युतीय अपराध मुदा दर्ता गराउन सफल भए ।

बालगोपाल थापाको सल्लाहमा मनोज पटेल, शम्भु कुमार सुमन र वृजलाल पासवानले विद्युतीय अपराधको घटना विवरण मुचुल्कामा सहि गरे । त्यती बेला अधिकृत श्रीवास्तवबाट बालगोपाल थापा, मनोज पटेल, शम्भु कुमार सुमन र वृजलाल पासवान लगायतकाले प्रभावीत भई म पत्रकार रंजित चौरसियालाई सके सम्मको पिडा दिए । समाजवादी प्रेस संगठन नेपाल पर्सामा दुई समुह हुदाँ बालगोपाल थापाले अल्पमत समुहको प्रभावमा परी उनीहरुलाई संरक्षण गर्दै बहुमत पक्षका सदस्य म पत्रकार रंजित चौरसियालाई भ्याए सम्म फसाउने षडयन्त्र गर्दै रहे ।

हुनतः जुन विषयमा गालि बेईज्जतीको मुदा अदालतमा दर्ता भइसक्यो, त्यही विषयमा विद्युतीय अपराध मुदा दर्ता नहुनुपर्ने हो, तर श्रीवास्तव र चौरसियाले बालगोपाल थापाकै सल्लाहमा तत्कालिन¬ प्रहरी प्रमुखलाई प्रभावमा पारी दर्ता गराउन सफल भएका थिए । त्यतीले पनि थुनामा रहेका श्रीवास्तव र अजित चौरसिया लगायतकाहरुको आत्मा शान्ती नहुदाँ म पत्रकार रंजित चौरसियाको बुबा सुबाश प्रसाद चौरसिया माथि रानिघाट पुलको दक्षिण तर्फ जाने बाटोमा चारैतिर बाट घेराहालि आक्रमण गरि कुटपिट गर्दै गर्दनमा छुरा प्रहार गरी घाइते बनाए । हो–हल्ला हुदा स्थानीयको सहयोगमा नारायाणी अस्पतालमा भर्नाभई औषधी उपचार गराई घर फर्केका थिए । तत्कालिन अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगको जाहेरी लिएर घाईते सुबाश प्रसाद चौरसियाले जादा त्यती बेलाका कार्यालय प्रमुख विपक्षीहरुबाट प्रभावीत भई मुदा दर्ता गरेनन । 

बरु उल्टैमा घाईतेलाई हप्काइ–दप्काई फिर्ता पठाए । त्यस पश्चात घाईते सुबाश प्रसाद चौरसियाले अदालतको ढोका ढक–ढकाई परमादेशको आदेशबाट मुदा दर्ता गराएका छन् । पक्राउ परेका निवर्तमान अधिकृत श्रीवास्तव र नेशेन्टका चौरसियालाई सम्मानित जिल्ला अदालत पर्साबाट म्याद थप गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

34e63db1-7f1e-4864-8d21-08962db52a75

 

 

प्रतिक्रिया दिनुहोस

विपन्न तथा सिमान्तकृ ...

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढ ...

पत्रकारलाई धम्की दिन ...

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायील ...

लागुऔषधसहित दुई युवा ...

ओम प्रकाश यादव लहान वैशाख २४ । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान तथा प्रहरी च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१