ताजा समाचार

सिरहाको खटोका बजारमा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ

  • वैशाख २१, २०८२
  • १०८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान बैशाख २१ । सिरहा जिल्लाको सिरहा नगरपालिका–१७ स्थित खटोका बजारमा संचालित एक होटल तथा मदिरा पसलबाट ब्राउन सुगर जस्तो देखिने लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्राप्त विशेष सूचनाको आधारमा २०८२ साल बैशाख २० गते बिहान ८:२० बजे इलाका प्रहरी कार्यालय माडर सिरहा र सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म माडरको संयुक्त टोलीले अजय होटल तथा मदिरा पसलमा छापा मारेको थियो। सो पसल भारतको मधुबनी जिल्लास्थित कमलाकारी ग्राम पञ्चायत वडा नम्बर ... का करिब ३५ वर्षीय धर्मेन्द्र यादवले संचालन गर्दै आएका थिए।

प्रहरीका अनुसार खानतलासीका क्रममा पसलमा राखिएको खाली बियरको कर्टुन पछाडि लुकाएर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। उक्त पदार्थ तौल गर्दा प्लास्टिक सहित ५ ग्राम ४८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। घटनापछि लागुऔषधसहित धर्मेन्द्र यादवलाई नियन्त्रणमा लिइएको र जिल्ला अदालत सिरहाबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। यसैबीच, प्रहरीले सीमावर्ती क्षेत्र हुँदै लागुऔषधको ओसारपसार बढ्दो क्रममा रहेको भन्दै निगरानी कडा बनाइएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤