Siraha Times
ताजा समाचार

विपन्न तथा सिमान्तकृत बालबालिकाको लागि 'सामावेसी तथा गुणस्तरीय शिक्षा

  • वैशाख २४, २०८२
  • ९९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, वैशाख २४।विपन्न तथा सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरीय शिक्षामा पहुँच बढाउन लक्षित गर्दै 'सामावेसी तथा गुणस्तरीय शिक्षा परियोजना' को शुभारम्भ गोष्ठी नवराजपुर गाउँपालिकामा सम्पन्न भएको छ। गोष्ठी बुधवार नवराजपुर गाउँपालिका र दलित जनकल्याण युवा क्लव लहानको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

शिक्षामा समावेशिता, नियमित उपस्थिति, र बालमैत्रिक शैक्षिक विधि अपनाउने शिक्षकहरूको संख्या वृद्धि गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन्। कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष शिव उदगार यादवले गरेका थिए।

गोष्ठीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक- अभिभावक संघ, अभिभावक तथा शिक्षकको भूमिका, विद्यालयमा खानेपानी तथा शौचालय व्यवस्थापन, भौतिक तथा शैक्षिक वातावरण सुधार लगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष यादवले शिक्षा मानव जीवनलाई सार्थक बनाउने प्रमुख माध्यम भएको उल्लेख गर्दै, अझैपनि धेरै समुदाय शिक्षाबाट वञ्चित रहेको प्रति चिन्ता व्यक्त गरे। उनले विगतको शिक्षा प्रणाली र अहिलेको प्रणालीमा धेरै भिन्नता आएको जनाउँदै, गुणस्तरिय शिक्षाको आवश्यकता झनै बढेको बताए।

दलित जनकल्याण युवा क्लव लहानका अध्यक्ष उमेश कुमार विसुन्केले क्लवको स्थापना २०५७ सालमा भएको जानकारी दिँदै, संस्थाले दलित र महिलाको सहकार्यमा सुशासन, पारदर्शिता र सामाजिक विकासका क्षेत्रमा सक्रिय भूमिका खेलेको बताए। उनका अनुसार क्लवले विभिन्न साझेदार संस्थाहरूको सहयोगमा हालसम्म १५ देखि २० करोड रुपैयाँसम्मको कार्यक्रम सञ्चालन गरिसकेको छ।

गोष्ठीले गुणस्तरिय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न स्थानीय तह, सामुदायिक संस्था र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस

अपूर्ण भिडियो वा एकप ...

रंजित चौरसिया,वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आ ...

स्वास्थ्य प्रवर्द्धन ...

रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्‍या ...

सिद्धार्थनगर–४ का प् ...

भैरहवा, असार २० । युवा समाजसेवी सिद्धार्थनगर–४, रूपन्देहीले सिद्धार्थनगर नगरपालिका–वडा न ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१