Siraha Times
ताजा समाचार

पत्रकारलाई धम्की दिने निर्माण व्यवसायीमाथि कारबाहीको माग

  • वैशाख २४, २०८२
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान वैशाख २४ । सिरहामा सडक निर्माणसम्बन्धी योजना बारे सूचना माग्दा एक पत्रकारमाथि निर्माण व्यवसायीले असभ्य भाषा प्रयोग गर्दै गम्भीर धम्की दिएको घटनाले चर्को विवाद निम्त्याएको छ। एबी न्यूज २४ का प्रकाशक तथा प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य निरज यादवलाई बजरङबली कन्स्ट्रक्सनका सञ्चालक राजेश्वर साहले फोनमार्फत गालीगलौज गर्दै धम्की दिएको आरोप लागेको छ। पत्रकार यादवले गत वैशाख २२ गते सिरहाको भगवानपुर गाउँपालिका–४ मा लहान–ठाडी सडकखण्ड अन्तर्गत कालोपत्रे भैरहेको सडकको अनुगमन तथा रिपोर्टिङका क्रममा सम्बन्धित योजनाबारे फोनमार्फत जानकारी मागेका थिए।

तर सञ्चालक साहले जवाफ दिने साटो अश्लील शब्द प्रयोग गर्दै पत्रकार यादवलाई डर त्रास देखाएको पत्रकार यादवको भनाइ छ। उनले भने, “मैले सामान्य रुपमा योजना र कामबारे जानकारी मागेको थिएँ, तर उहाँले फोनमै नराम्रो व्यवहार गर्दै गम्भीर रुपमा धम्की दिनुभयो।” घटनाप्रति प्रेस मञ्च नेपाल, सिरहा जिल्ला समितिले गम्भीर आपत्ति जनाएको छ। समितिका अध्यक्ष महेश सिंहद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीमाथिको यस्तो व्यवहार प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत मर्यादामाथिको ठाडो आक्रमण भएको जनाइएको छ।

विज्ञप्तिमा सञ्चालक राजेश्वर साहलाई तत्काल कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरिएको छ। “सूचना पाउने हक पत्रकारको नैसर्गिक अधिकार हो। त्यही अधिकार प्रयोग गर्दा यस्तो दुर्व्यवहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको खिल्ली उडाउनु हो,” विज्ञप्तिमा उल्लेख छ। प्रेस मञ्चले पत्रकारको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै दोषीमाथि यथाशीघ्र कारबाही गर्न आग्रह गरेको छ। यसबीच पीडित पत्रकार यादवले कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा उजुरी दिने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१