ताजा समाचार

नगरप्रमुख चौधरीको सक्रियताले बढ्यो जनविश्वास, कांग्रेस प्रवेशमा उत्साह

  • वैशाख २१, २०८२
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, वैशाख २१ । समाजसेवामा आफ्नो विशिष्ट छवि बनाएका लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी नगर प्रमुखको पदमा निर्वाचित भएपछि जनताको सेवामा अझै सक्रिय बनेका छन्। जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनाहरूलाई प्राथमिकता दिँदै कार्यसम्पादनमा जुटिरहेका चौधरीले नगरवासीहरूको मन जित्न सफल भएका छन्।

कोरोना महामारीको कठिन समयमा पनि चौधरीले गरिब, दलित, तथा विपन्न वर्गका नागरिकहरूलाई राहत वितरणमा देखाएको सक्रियता र समर्पणले उनको लोकप्रियतालाई अझ उचाइमा पु¥याएको हो। महामारीमा उनले देखाएको मानवीयता र सामाजिक उत्तरदायित्वका कारण चौधरीप्रति आमजनमानसको विश्वास अझ गहिरिएको स्थानीयवासीहरू बताउँछन्।

नगरप्रमुख चौधरीको जनसम्पर्क अभियानले पछिल्लो समय राजनैतिक रूपमा समेत ठूलो प्रभाव पारेको छ। यही सक्रियताको परिणामस्वरूप लहान–१९ स्थित कटहागाउँका सयौं स्थानीयवासी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। यो जानकारी स्थानीय नेताले दिएका छन्। उनका अनुसार जनताको घर–घरमा पुगेर समस्या सुन्ने र समाधान खोज्ने चौधरीको शैलीले आम जनमानसमा राजनीतिक चेतनाको जागरण ल्याएको छ।

पूर्वमन्त्री पद्म नारायण चौधरीको साथमा रहेका नगरप्रमुख चौधरीले घरदैलो अभियान सञ्चालन गर्दै गाउँ–टोलका बासिन्दासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। “जनताको समस्या सुनेर मात्र होइन, बुझेर समाधान गर्नु नै प्रतिनिधिको कर्तव्य हो,” चौधरीको भनाइ छ।

उनले स्थानीय स्तरमा भौतिक पूर्वाधार निर्माण, सफाइ व्यवस्थापन, सुरक्षित खानेपानी, गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले नगर सञ्चालन गरिरहेको जानकारी दिएका छन्। चौधरीको क्रियाशीलता र जनमुखी पहललाई स्थानीयवासीहरूले सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार अन्य जनप्रतिनिधिहरूले पनि चौधरीबाट सिक्दै यस्तै सेवा भाव राख्नुपर्ने आवश्यकता छ।

नगर प्रमुख चौधरीको जनमुखी अभियानलाई धेरैले नमुना कार्यका रूपमा लिँदै आएका छन्। साथै, लहान नगर कांग्रेस सभापति सञ्जय यादव र नेता रामचन्द्र यादवले कांग्रेसको गौरवशाली इतिहासलाई स्मरण गर्दै पार्टीप्रति जनविश्वास अझै मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरवासीहरू भने मेयर चौधरीप्रति आशावादी देखिन्छन्—"यदि यस्तै कर्मशील नेतृत्व रह्यो भने लहानको समृद्धि टाढा छैन।"

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤