भारतमा नेपाली युवती झुण्डिएको अवस्थामा

  • कार्तिक २९, २०७९
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल कार्तिक २९ । बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलार गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्थामा सोमबार बेलुकी मृत फेला परेकी मृतकका मामा पदम धामीले जानकारी दिएका छन् । उनलाई झुण्डिएको अवस्थामा उनीकी दिदी आर्जु थापाले फेला पारेकी थिइन् । उनका अनुसार आयुसु ब्याङ्ल‍रमै स्टाफ नर्स बढिरहेको थिइन् । घटनाको कारण भने खुल्न सकेको छैन । उनको घर परिवारसहित सवै जना रोजगारीका सिलसिलामा विगत केही वर्षदेखि ब्याङ्लोरमै बस्दै आएको उनका पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

"संक्षिप्त खुला पत्र ...

धर्मो रक्षति रक्षित: राष्ट्रो रक्षति रक्षित: ।। विद्वान, बुद्धिमान, विद्वत यी सब अलग-अलग कुरा हुन् ...

३ करोड बढीको तस्करीक ...

लहान ११ साउन । सिरहामा एक कपडा गोदामबाट ३ करोडभन्दा बढीको अवैध कपडा बरामद भएको छ । लहान नगरपालिका-८, ...

विद्युत अवरुद्ध हुँद ...

बिरेन्द्र प्रसाद नेपाल लहान १० गते साउन । सिरहाको रा .उ. स्मारक प्रादेशिक अस्पतालमा विद्युतको व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१