Siraha Times
ताजा समाचार

लागु औषधसहित दुई जना पक्राउ

  • असार ३०, २०८१
  • १०९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ३० असार । सिरहा जिल्लाको दक्षिणी सिमावर्ति क्षेत्र झाझँपट्टीबाट  लागु औषधसहित दुई जना पक्राउ परेको छ  प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका ५, झाझँपट्टीबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाको सखुवानान्नकारकट्टी गाउँपालिका–१ बस्ने २६ वर्षीय सुरेश कुमार चौधरी र २८ वर्षीय दिनेश कुमार चौधरी पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय झाझँपट्टी र वि.ओ.पि. नवराजपुरबाट खटीएको संयुक्त चेक पोइन्ट टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको स७प ७८९९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चालक सुरेश कुमार चौधरीले शरिरमा लुकाई छिपाई राखिएको Diazepam Injection 2ml को २५ पिस, Promethazic hydrochloride Injection 2ml को २५ पिस र नाम उल्लेख नभएको 2ml को २५ पिस फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी मुक्ति सापकोटाले जानकारी दिए । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–१८ बदरबोना र वि ...

ओम प्रकाश यादव, लहान, असोज ५ । सिरहाको लहान नगरपालिका–१८ स्थित बदरबोना र विष्णुपुर टोलमा सरसफा ...

खडक नगरपालिकाका नागर ...

ओम प्रकाश यादव लहान असोज ५ । खडक नगरपालिकाले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण ...

लहानमा ५० बेड क्षमता ...

ओम प्रकाश यादव लहान असोज ५ । सिरहाको लहान नगरपालिका–३ स्थित लहान–ठाडी–लोकहाँ सडकखण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१