Siraha Times
ताजा समाचार

देवताल गापा अध्यक्ष यादव र अधिकृत श्रीवास्तवको भ्रष्टाचार उजागर

  • साउन २, २०८१
  • ११५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया  बारा ०२ श्रावण । बाराको देवताल गाउँपालिकाको अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको भ्रष्टाचारको नमुना देखा परेको छ। प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले भ्रष्टाचार गर्नमा माहिर रहेकोले प्रायः गरी स्थानीय तहमा मै कार्यरत रहेको पाईन्छ। गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले आफ्नो भ्रष्टाचारको ताण्डव नै मचाउन आर्थिक बर्ष २०८०/०८१ को अन्तिममा जेष्ठ र असाढ महिनामा चलानी किताब खालि नै राखेका भेटिएको छ। चलानी किताव खालि राखी गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले कमिशन उठाउन पछिल्लो मितिमा नै कार्य आदेश दिई भुक्तानी गर्ने गरेको प्रमाणित हुने गरेको छ।

download गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले पछिल्लो मिति कार्य आदेश नदिई भुक्तानी नगर्नु पर्ने भए चलानी किताव किन खालि राखिएको भनि प्रश्न वडा नं १ का वडा अध्यक्ष अरुण कुमार सिंह गरेका थिए। वडा अध्यक्ष सिंहको उक्त प्रश्नमा दर्ता चलानीमा भएको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा खालि छोडिएको बताएका थिए। वडा अध्यक्ष सिँह चलानी किताब सहित उक्त कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवसगँ चलानी नम्बर किन खालि राखिएको छ। यसलाई बन्द गर्नु भनेपछि प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले यस्तै हुन्छ तपाई यहाबाट जानु भनेर हप्काएका थिए।

वडा अध्यक्ष सिंहलाई प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले हप्काए पछि गाउँपालिका अध्यक्ष यादवलाई कल गर्दा कल रिसिभ नगरेको जानकारी सिंहले गराएका छन्। साथै वडा अध्यक्ष सिँहले गाउँपालिका अध्यक्ष यादव र प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले चलानी किताबमा खालि राखि करौडौंको भ्रष्टाचार गरेको आरोप लगाएका छन्। पुरानो मितिमा भ्रष्टाचार गर्ने नियतले कार्य आदेश दिई लाखौँ लाखको योजनाहरु कागजमा नै समपन्न गरी भुक्तानी गरेको आरोप समेत लगाएका छन्।

गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव आफुलाई बिकास प्रेमी नेताको दाबी गर्ने गरेका छन। तर काम चाँहि भ्रष्टाचार गर्ने रहेको छ। जसको उदाहरण नै बनेको चलानी किताब खालि राख्न लगाउनु रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

शौचालय बनेपछि विद्या ...

लहान । विद्यालयमा सुरक्षित, सफा र प्रयोगयोग्य शौचालय निर्माण भएपछि किशोरी विद्यार्थीको विद्यालय जीवन ...

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१