Siraha Times
ताजा समाचार

३ करोड बढीको तस्करीको कपडा बरामद

  • साउन ११, २०८१
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ११ साउन । सिरहामा एक कपडा गोदामबाट ३ करोडभन्दा बढीको अवैध कपडा बरामद भएको छ । लहान नगरपालिका-८, गणेश चोकस्थित एक कपडा गोदामबाट तस्करीको कपडा बरामद भएको हो । सोही स्थानका परबेज आलमले सञ्चालन गरेको फेन्सी रेडिमेड स्टोरमा राजस्व छलीका ती अवैध लत्ताकपडा बरामद भएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख एवं डीएसपी विष्णुप्रसाद सोतीले जनाए । भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका राजस्व छलीका कपडा उक्त गोदाममा रहेको सूचनाको आधारमा प्रहरी बिहीबार दिउँसो १२ बजे गोदाममा पुगेको थियो । यकिन भएपछि प्रहरीले तत्काल गोदामलाई नियन्त्रणमा लिएको थियो ।प्रहरीले लगत्तै आन्तरिक राजस्व कार्यालय लहान, राजस्व अनुसन्धान कार्यालय इटहरी, ठाडी भन्सार कार्यालय जानकारी गराएको थियो । केहीबेरपछि राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आएको टोलीले मुचुल्का उठाई गोदाम सील गरेको डीएसपी सोतीले बताए ।गोदामभित्र ६ वटा कोठा, प्यासेज र बरन्डा समेतमा गरी विभिन्न ब्रान्डका राजस्व छलीका अवैध कपडा भेटिएको र त्यो ३ करोडभन्दा बढीको भएको अनुमान डीएसपी सोतीको छ । गोदाम सील गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

लहानका मेयर महेश चौध ...

विनोद अविरल, जेठ १३ ​लहान, जेठ । नेपाल सरकारले सिरहाको लहान नगरपालिकाका प्रमुख (मेयर) महेश चौधरीलाई ...

सशस्त्र प्रहरी बलको ...

रहमुल सिरहा, १३ जेठ । सशस्त्र प्रहरी बल नेपालको १९ औँ स्थापना दिवस सिरहामा भव्य तथा उल्लासपूर्ण वाता ...

कृषि आधुनिकीकरणतर्फ ...

रहमुल, लहान १३ जेठ । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. १ गैरूहामा कृषकहरूलाई आधुनिक कृषि प्रणालीतर ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१