Siraha Times
ताजा समाचार

लहान न.पा. उप प्रमुख द्वारा प्रयोगात्मक परिक्षाको अनुगमन ७८ परिक्षार्थी मध्ये २ जना मात्र पास

  • साउन ५, २०८१
  • ९३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ५ साउन सिरहाको लहान नगरपालिका उप प्रमुख रामचलितर महतो र ईलाका प्रशासन कार्यालय प्रमुख लिलाकान्त पौडेल द्वारा ट्राइल सेन्टर लहानमा अनुगमन भएको छ। यातायात कार्यालय सम्बन्धि ब्यापक जनगुनासो आए पछि बिगत केहि दिन देखि नगर उप प्रमुख महतो टिम सहित यातायात कार्यालय लहानको हरेक गतिविधिको अनुगमन गर्दै आएको छ।

आज भएको चार चक्काको प्रयोगात्मक परिक्षामा जम्मा ७८ जनाको नाम समावेस थियो तर अनुगमनको कारण १४ जना परिक्षार्थी ट्राइल सेन्टर बाट भागेको स्थानीयले बताएका छन भने बाँकी परिक्षार्थी मध्ये मात्र २ जना आज ट्राइलमा पास भएको अवस्था स्थलगत रिपोर्टिङमा देखिएको छ। आजको ट्राइल सेन्टरको अवस्था हेर्दा अनेकौ प्रश्न उब्जेको छ। स्रोतको अनुसार बिगत लामो समय देखि यातायात कार्यालय संग सम्बन्धित ब्यक्ति र कर्मचारीहरुले मोटो रकम लिइ अनुत्तीर्ण परिक्षार्थीलाई लाइसेन्स बितरण गरिरहेको बुझिएको छ।

वास्तवमा भन्नु पर्दा राज्य पक्षले लाइसेन्स बितरण गर्नु पुर्ब स्कुल ब्यबस्था गरी परिक्षार्थीलाई तालिमको ब्यबस्थापन गर्नु पर्ने हो तर हाल सम्म त्यसो हुन सकेन र सवारी चालक अनुमतिपत्र लिन नागरिकले मजबुरन मोटो रकम तिरी लाइलेन्स लिनु परेको स्थानीयहरुले बताउँछन। देशमा अनेकौं परिवर्तन भैसकेको छ तर अब आउने दिनमा यातायात कार्यालयमा बिचौलिया प्रवृति अन्त हुन जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

झौवा गाउँमा एनसेलको ...

रामअधार यादव, रौतहट, भाद्र,१० गते रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइ ...

विवाद अन्त्यसँगै खैर ...

ओम प्रकाश यादव लहान भदौ १० । सखुवानन्कारकट्टी गाउँपालिका–४ खैरबोनास्थित ग्राम ज्योति कृषि सहका ...

कृषक व्यवसाय पाठशाला ...

ओम प्रकाश यादव लहान, भदौ १० । किसानहरूको व्यवहारिक ज्ञान, सीप र क्षमता विकाससँगै कृषक समूहहरूको संस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१