बिरेन्द्र प्रसाद नेपाल लहान १० गते साउन । सिरहाको रा .उ. स्मारक प्रादेशिक अस्पतालमा विद्युतको विकल्पमा रहेको जेनेरेटरको अभावमा तथा विद्युत सेवा अवरुद्ध हुँदा बिरामीको इसिजी, कम्प्युटर बिलिङ्ग सेवा,ओपीडि सेवा,अक्सिजन,इमर्जेन्सी सेवा, नेवुलाइजर, एक्सरे, भिडियो एक्सरे जस्ता सेवा प्रभावित भएको हो । बिधुत नभएको बेला जेनेरेटरको अभावमा आकस्मिक सेवा पनि प्रभावित हुँदा बिरामीलाई थप समस्या भएको छ । दैनिक तिनचार सयको संख्यामा बिरामीहरु अस्पताल आउने यो अस्पतालमा जेनेरेटरका लागि ४० लाख रकम माग गरेको तर मन्त्रालयले १५ लाख मात्र दिएकोले क्षमता अनुसारको जेनेरेटर हुदैन भने कुराको गुनासो डा.सुनिल कुशवाहाले सुनाएको छ । आज ‘विद्युत सेवा अवरुद्ध भएको २ घन्टा भन्दा बढी भयो । अपतालमा भएको जेनेरेटर चलाएर सेवा दिन कोशिश गरे तर मेसिनमा समस्या देखिएकोले सेवाहरु २ घन्टा ठपप रहयो जसको करन गर्मीले चिकित्सक र बिरामिहरु समस्या खेपेको कुरा यो अस्पतालको समिति अध्यक्ष शत्रुधन मणडलले बताए ।
प्रतिक्रिया दिनुहोस
सप्तरीको सुरुङ्गामा ‘संघर्षले बुनेका साझा सपना’ पुस्तकको सामुदायिक विमोचन, महिला आन्दोलनका इतिहास अभिलेखीकरणमा जोड
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved