ताजा समाचार

बालविवाहको जोखिममा रहेका २५ किशोरीलाई शैक्षिक सामग्री वितरण

  • साउन २४, २०८३
  • ४७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गोलबजार, सिरहा, २४ साउन । मुक्ति नेपालको आयोजनामा गोलबजार नगरपालिका–१३ को वडा कार्यालयमा बालविवाह तथा विद्यालय छोड्ने जोखिममा रहेका किशोरीहरूको शिक्षा निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सहयोग सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

 कार्यक्रममा आर्थिक तथा सामाजिक रूपमा जोखिममा रहेका २५ जना किशोरीलाई विद्यालय झोला, कापी, ज्यामिती बक्स, डटपेन, क्याल्कुलेटरलगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। शैक्षिक सामग्रीको अभावका कारण किशोरीहरूको पढाइ तथा नियमित विद्यालय उपस्थितिमा समस्या नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको मुक्ति नेपालले जनाएको छ।

गोलबजार नगरपालिका–१३ का वडा अध्यक्ष नन्द कुमार महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साह र परियोजना संयोजक त्रिवेणी कुमार यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात बालविवाह, बालविवाहसम्बन्धी कानुनी व्यवस्था तथा यसका सामाजिक, शैक्षिक र व्यक्तिगत असरबारे अभिमुखीकरणबाट गरिएको थियो। उक्त अभिमुखीकरण मुक्ति नेपालका परियोजना संयोजक त्रिवेणी कुमार यादवले सञ्चालन गरेका थिए। उनले बालविवाहले किशोरीहरूको शिक्षा, स्वास्थ्य, व्यक्तिगत विकास तथा भविष्यमा पार्ने असरबारे जानकारी गराउँदै बालविवाह रोकथाममा किशोरी, अभिभावक, विद्यालय र समुदायको संयुक्त भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रममा बोल्दै मुक्ति नेपालकी कार्यकारी निर्देशक श्याम कुमारी साहले आफ्नो व्यक्तिगत संघर्षको अनुभव सुनाउँदै बालविवाह रोकथाममा आमाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्। उनले आफू पनि १३ वर्षको उमेरमै बालविवाहको अवस्थामा पुग्न लागेको स्मरण गर्दै आफ्नो विवेक र ज्ञानको प्रयोग गरी त्यसको प्रतिकार गरेको र आमाको सहयोगमा बालविवाह रोक्न सफल भएको संघर्षको कथा सुनाइन्। उनले बालविवाह रोकिएपछि आफूलाई सक्षम बनाउँदै पछि बिना दाइजो विवाह गर्न सफल भएको अनुभवसमेत साझा गरिन्। आफ्नो जीवनको अनुभव सुनाउँदै उनले छोरीहरूलाई शिक्षा, अवसर र निर्णय गर्ने वातावरण प्रदान गर्न सके उनीहरूले आफ्नो भविष्य आफैं निर्माण गर्न सक्ने बताइन्।

“बालविवाह रोक्न र छोरीलाई अगाडि बढाउन आमाको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। छोरीको पक्षमा आमा उभिनुभयो भने धेरै कठिन परिस्थितिसमेत परिवर्तन गर्न सकिन्छ,” कार्यकारी निर्देशक साहले भनिन्। उनले समाजमा अझै पनि छोरीलाई कम प्राथमिकता दिने, सानै उमेरमा विवाह गरिदिने तथा दाइजोको दबाब दिने जस्ता सामाजिक समस्या रहेको उल्लेख गर्दै यस्ता हानिकारक अभ्यासको अन्त्यका लागि परिवार तथा समुदायबाटै पहल आवश्यक रहेको बताइन्। प्रत्येक छोरीलाई शिक्षा प्राप्त गर्ने अवसर दिनुपर्ने र उनीहरूलाई आत्मनिर्भर बनाउन अभिभावकले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिइन्।

त्यसैगरी, कार्यक्रमका अध्यक्ष तथा गोलबजार नगरपालिका–१३ का वडा अध्यक्ष नन्द कुमार महतोले आफू विद्यालय र विद्यार्थीको शिक्षासँग निरन्तर जोडिँदै आएको बताए। उनले वडाको तर्फबाट पनि विद्यार्थीहरूको शिक्षा निरन्तरताका लागि सहयोग गर्दै आएको र हालै केही विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको जानकारी दिए। वडा अध्यक्ष महतोले आगामी दिनमा ७० प्रतिशतभन्दा बढी विद्यालय उपस्थिति हुने विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिँदै विद्यार्थीहरूको नियमित विद्यालय उपस्थिति र शिक्षाप्रति थप प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे।>

“विद्यार्थीहरूको शिक्षा र प्रगतिका लागि वडा सदैव सहयोग गर्न तयार छ। किशोरीहरूले नियमित रूपमा विद्यालय जाने, मेहनत गरेर पढ्ने र आफ्नो भविष्य निर्माणमा ध्यान दिनुपर्छ,” वडा अध्यक्ष महतोले भने। उनले बालविवाह रोकथामका लागि परिवार, विद्यालय, वडा तथा समुदायबीच सहकार्य आवश्यक रहेको बताउँदै किशोरीहरूको शिक्षा, सुरक्षा र प्रगतिका लागि वडाले आगामी दिनमा समेत आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शैक्षिक सामग्री प्राप्त गरेका किशोरीहरूले नियमित रूपमा विद्यालय जाने, मेहनतपूर्वक अध्ययन गर्ने तथा आफ्नो पढाइलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, अभिभावकहरूले आफ्ना छोरीहरूलाई नियमित विद्यालय पठाउने, उनीहरूको पढाइमा आवश्यक सहयोग तथा निगरानी गर्ने र बालविवाह नगर्ने तथा नगराउने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤