ताजा समाचार

ग्रामीण विकास केन्द्र नेपालको २४औँ साधारण सभा सम्पन्न

  • साउन २४, २०८३
  • ५१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव रौतहट श्रावण २४ । ग्रामीण विकास केन्द्र नेपाल, लौकाहा–४, परोहा नगरपालिकाको २४औँ साधारण सभा चन्द्रनिगाहपुरस्थित होटल गोल्डेन बैंकेटमा सम्पन्न भएको छ। साधारण सभाले संस्थाको आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण अनुमोदन गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। सभाबाट संस्थाको नयाँ कार्यसमिति समेत गठन गरिएको छ।

जसअनुसार अध्यक्षमा मोहम्मद अजय रेजा, उपाध्यक्षमा कुमारी ममता झा, सचिवमा प्रेमशंकर राय, सह–सचिवमा अनवारुल हक र कोषाध्यक्षमा रेनु कुमारी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा बच्चु मिया, कुमारी कञ्चन दास, नर्मदा कुमारी तामाङ र राम पुकार साह चयन भएका छन्। सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि संस्थालाई जिल्ला प्रशासन कार्यालय, गौरमा नवीकरण गर्ने तथा विभिन्न कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

यसैबीच संस्थाका संस्थापक अध्यक्ष डा. पारस हुसेनले संस्थाको संस्थागत विकास, विस्तार, सुशासन तथा सामाजिक उत्तरदायित्वमा पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै उहाँलाई संस्थाको संरक्षकको जिम्मेवारी दिने निर्णय गरिएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित परियोजनाको सामाजिक परीक्षण तथा लेखापरीक्षण सम्पन्न भएको जानकारी गराइएको थियो।

साथै संस्थाको आय–व्ययसम्बन्धी वित्तीय विवरण प्रस्तुत गर्दै सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया समेत लिइएको जनाइएको छ। ग्रामीण विकास केन्द्र नेपालले आगामी दिनमा संस्थाको संस्थागत विकाससँगै समुदायको सामाजिक तथा आर्थिक विकासमा केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤