Siraha Times
ताजा समाचार

बाल विकास र स्तनपानको महत्त्वबारे नेशनल मेडिकल कलेजमा सचेतनामूलक कार्यक्रम

  • साउन २०, २०८३
  • २९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल, वीरगञ्जको नर्सिङ विभागले बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

Messenger_creation_776C2959-3DF2-4389-8107-89B6509264E4

"Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works" भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्घाटन अस्पतालका निर्देशक डा. इशरत जहानले गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक खेलौना तथा विश्व स्तनपान सप्ताहसम्बन्धी विभिन्न जनचेतनामूलक पोस्टरहरू प्रदर्शनीमा राखिएका थिए।

प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलमार्फत सिकाइ (Play-based Learning) को महत्त्वबारे जानकारी दिइएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान गराउने विधि, शिशुलाई स्तनपान गराउने उपयुक्त तरिका तथा शिशुको स्वस्थ शारीरिक र मानसिक विकासमा स्तनपानको महत्त्वबारे सचेतना प्रदान गरिएको थियो।

कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगञ्ज पब्लिक स्कुल, लिटल बडी तथा चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्म अध्ययनरत करिब ७६२ जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मक सोच र बाल विकासका विविध पक्षबारे जानकारी प्राप्त गरेका थिए।

यस अवसरमा मातृ–शिशु सम्बन्धलाई अझ सुदृढ बनाउन नवप्रसूता आमाहरूलाई बेबी–मदर फोटो फ्रेम समेत वितरण गरिएको थियो। उक्त पहलले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूप्रति नर्सिङ विभागले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

गोलबजारमा प्रतिबन्धि ...

लहान साउन २५ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा प्रहरीले प्रतिबन्धित औषधी र लागूऔषध ब्राउनसुगर जस ...

सुरक्षित शौचालय नागर ...

लहान साउन २५ । सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र फोहोर व्यवस्थापनलाई दैनिक जीवनको व्यवहार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१