ताजा समाचार

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ : आधुनिक कृषि प्रविधिसँगै धानमा आत्मनिर्भर बन्न किसानलाई आह्वान

  • असार १४, २०८३
  • ४२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, काठमाडौं, १४ असार । "धान उत्पादन बढाऔँ, किसान समृद्ध बनाऔँ, देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाऔँ" भन्ने मूल सन्देशका साथ मनाइँदै गरेको जलवायुमैत्री २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा राष्ट्रिय कृषक समूह महासंघ, नेपालका केन्द्रीय अध्यक्ष पञ्चकाजी श्रेष्ठले सम्पूर्ण किसान समुदायलाई आफ्नै स्थान बाट उत्साहपूर्वक दिवस मनाउन आग्रह गर्नुभएको छ।

मूल समारोहमा सबै किसानको प्रत्यक्ष सहभागिता सम्भव नभए पनि जहाँ जहाँ किसान हुनुहुन्छ, त्यहीँका खेतबारीमा रोपाइँ गरी राष्ट्रिय धान दिवसलाई सफल बनाउन उहाँले अनुरोध गर्नुभएको छ। उहाँ राष्ट्रिय स्तरको मूल आयोजक समितिका सदस्यसमेत हुनुहुन्छ। अध्यक्ष श्रेष्ठले प्रत्येक खेतीयोग्य जमिन खाली नराखी धान खेती गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, "देशलाई धानमा आत्मनिर्भर बनाउने जिम्मेवारी सरकारको मात्र होइन, हामी सबै किसानको पनि साझा दायित्व हो।

सरकारले लिएको कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको लक्ष्य पूरा गर्न किसानको सक्रिय भूमिका अपरिहार्य छ।" उहाँले कृषक, कृषक समूह, कृषि सहकारी, युवा किसान तथा सम्पूर्ण किसान परिवारलाई रोपाइँ महोत्सवमा सहभागी भई उत्पादनमुखी अभियानलाई सफल बनाउन आह्वान गर्नुभएको छ। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ।

अधिकांश नेपालीको जीविकोपार्जन कृषि पेशामा आधारित भएकाले धान उत्पादन वृद्धि हुनु भनेको खाद्य सुरक्षा, रोजगारी, आर्थिक समृद्धि तथा ग्रामीण विकासको आधार बलियो हुनु हो। जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी तथा बाढी जस्ता चुनौती बढिरहेका बेला जलवायुमैत्री खेती प्रणाली अपनाउनु समयको आवश्यकता बनेको छ।

उन्नत तथा रोग प्रतिरोधी बीउ, माटो परीक्षण, सन्तुलित मल व्यवस्थापन, आधुनिक कृषि औजार, सिँचाइ सुविधा तथा कृषि यान्त्रीकरणमार्फत उत्पादन लागत घटाई उत्पादन बढाउन सकिन्छ। विशेषज्ञहरूका अनुसार आधुनिक प्रविधिको प्रयोग, वैज्ञानिक खेती प्रणाली, कृषि बीमा, कृषि ऋणको सहज पहुँच तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन सके किसानको आम्दानी उल्लेखनीय रूपमा बढ्न सक्छ।

यसले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने, वैदेशिक रोजगारीको विकल्प सिर्जना गर्ने तथा आयात प्रतिस्थापनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। धान दिवस केवल एक औपचारिक कार्यक्रम नभई किसानको श्रम, उत्पादन र राष्ट्रको खाद्य सुरक्षाप्रतिको सम्मानको प्रतीक पनि हो।

यस दिवसले कृषिप्रति सकारात्मक सोच विकास गर्दै उत्पादन वृद्धि, आधुनिक खेती प्रविधिको विस्तार र आत्मनिर्भर नेपालको अभियानलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघ, नेपाल तथा मूल आयोजक समितिले सम्पूर्ण किसान समुदायमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को हार्दिक शुभकामना व्यक्त गर्दै उत्साहपूर्वक रोपाइँमा सहभागी हुन सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤