ताजा समाचार

लहानमा संघीयता कार्यान्वयन र सांस्कृतिक सम्पदा संरक्षणबारे छलफल, राजा सलहेशका सम्पदा संरक्षणका लागि १५ बुँदे सुझाव पेश

  • असार १४, २०८३
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, असार १४ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सवलीकरण तथा सांस्कृतिक सम्पदा संरक्षण समितिकी सभापति माननीय जयन्ती देवी राईको नेतृत्वमा रहेको संसदीय टोलीले शुक्रबार लहानमा संघीयता कार्यान्वयन, सामाजिक न्याय र ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकारको भूमिकाू विषयमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा समितिका सदस्यहरू माननीय धर्मेन्द्र पासवान, माननीय रोशनी मेचे, माननीय मनरुपा शर्मा तथा शाखा अधिकृत शारदा जी.सी., सिता श्रेष्ठ, सहभागी हुनुहुन्थ्यो। छलफलमा लहान नगरपालिका–२४ का वडाध्यक्ष रासलाल राय, जसपा नेपालका केन्द्रीय सदस्य चन्देश्वर पासवान, सिरहा जिल्ला समन्वय समितिकी सदस्य गीता देवी पासवान, शंकर पासवान, मनोज पासवान, मोहन पासवान, नथुनी पासवान, योगेन्द्र पासवान, सरिता राम, रामपुकार मोची लगायत विभिन्न स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरू सहभागी भएका थिए। मिर्चैया नगरपालिकाबाट पत्रकार अभरेन्द्र कुमार यादवको पनि उपस्थिति रहेको थियो।

सहभागीहरूले संघीयता कार्यान्वयनमा देखिएका चुनौती, सामाजिक न्यायको प्रभावकारी कार्यान्वयनमा भएको कमजोरी तथा स्थानीय तहदेखि संघीय सरकारसम्मका धेरै कानुन व्यवहारमा कार्यान्वयन हुन नसकी कागजमै सीमित रहेको गुनासो गरेका थिए। कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य चन्देश्वर पासवानले समग्र पासवान समाजका तर्फबाट मिथिला क्षेत्रका ऐतिहासिक व्यक्तित्व राजा सलहेशसँग सम्बन्धित धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि विस्तृत लिखित सुझाव समितिसमक्ष पेश गर्नुभयो।

उहाँले राजा सलहेशलाई राष्ट्रिय विभूति घोषणा गर्न, सलहेश फुलवारी, मानिकदह, पकडियागढ, पतारी पोखरी तथा राजमहिसोथागढलाई धार्मिक–पर्यटकीय क्षेत्र घोषणा गर्न, राष्ट्रिय वा विश्व सम्पदा सूचीमा सूचीकृत गर्न, संरक्षणका लागि अधिकारसम्पन्न राष्ट्रिय बोर्ड गठन गर्न, अतिक्रमित जग्गा फिर्ता गराउन, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्न, सलहेश सांस्कृतिक संग्रहालय निर्माण गर्न, सलहेश सर्किट (पर्यटन मार्ग) विकास गर्न, प्रत्येक वर्ष वैशाख १ देखि ३ गतेसम्म ुसलहेश महोत्सवु आयोजना गर्न तथा विद्यालयको पाठ्यक्रममा राजा सलहेशको जीवन, योगदान र गाथा समावेश गर्नुपर्ने लगायतका १५ बुँदे सुझाव पेश गर्नुभयो।

संचारकर्मी अभरेन्द्र कुमार यादवले मिर्चैया नगरपालीका वडा नं. ९ अन्तरगत कमलदह क्षेत्रको पर्यटन विकास र संरक्षणको लागी सुझाव दिनुभएको थियो । कार्यक्रमको सहजीकरण माननीय धर्मेन्द्र पासवानले गर्नुभएको थियो। सुझावपत्र ग्रहण गर्दै समितिकी सभापति माननीय जयन्ती राईले प्राप्त सुझावहरूलाई समितिको तर्फबाट गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले छलफलका लागि समय उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि लहान नगरपालिकाका नगरप्रमुख कार्यक्रममा अनुपस्थित रहेकोप्रति दुःख व्यक्त गर्दै स्थानीय सरकारको सक्रिय सहभागिता यस्ता विषयमा अत्यन्त आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤