ताजा समाचार

नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न, ३५ करोड ४६ लाख ८४ हजार रुपैयाँको बजेट पारित

  • असार १०, २०८३
  • १४७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असार १० । सिरहाको नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष शिव उदगार यादव (शिवा) को सभाध्यक्षतामा सम्पन्न गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३५ करोड ४६ लाख ८४ हजार रुपैयाँको बजेट पारित गरेको छ। गाउँसभामा प्रमुख अतिथिका रूपमा पूर्व संविधानसभा सदस्य राज लाल यादव तथा विशिष्ट अतिथिका रूपमा भगवानपुर गाउँपालिकाका पूर्व अध्यक्ष बेचन यादव सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतसहित जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सामाजिक सुरक्षा, रोजगार प्रवर्द्धन तथा सुशासनका कार्यक्रमलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। गाउँसभाले विकास निर्माणका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज लाल यादवले नवराजपुरको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य र एकता आवश्यक रहेको बताउनुभयो। उहाँले जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार पारदर्शी र उत्तरदायी ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो। विशिष्ट अतिथि बेचन यादवले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले विकास, सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा) ले गाउँसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नवराजपुरलाई समृद्ध, सुशासित र विकासोन्मुख गाउँपालिकाका रूपमा स्थापित गर्न सबै गाउँवासीको निरन्तर सहयोग, समन्वय र सहभागिता आवश्यक रहेको बताउनुभयो।

गाउँसभाको समापनसँगै पारित बजेट तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमार्फत नवराजपुर गाउँपालिकाको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤