ताजा समाचार

गोली प्रहार गरी लागुऔषधसहित कुख्यात दुई भारतीय कारोबारी पक्राउ

  • असार ७, २०८३
  • ४९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt फोटो AI

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला पदमाहा ग्राम पञ्चायत वडा नं. २ जोगिया टोल निवासी २८ वर्षीय छोटु भनिने रञ्जित कुमार पासवान र एक नाबालक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आइतबार साँझ करिब ५ः३० बजे सिरहा नगरपालिका–२१ लकडीगोठ क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो।

प्रहरीले दिएको जानकारीअनुसार प्रहरी टोली पुगेपछि अभियुक्तहरूले आत्मसमर्पण गर्न दिइएको मौखिक चेतावनी अटेर गर्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गरी भारततर्फ भाग्ने प्रयास गरेका थिए। त्यसक्रममा प्रहरीले एक राउण्ड ९ एमएम पेस्तोलबाट हवाई फायर गरी आत्मसमर्पण गर्न चेतावनी दिएको भए पनि उनीहरूले आक्रमण जारी राखेपछि थप एक राउण्ड गोली प्रहार गरिएको थियो। प्रहरीको गोली लागेर मुख्य अभियुक्त रञ्जित कुमार पासवानको दाहिने खुट्टाको पिँडुलामा चोट लागेको छ।

यस्तै नियन्त्रणको क्रममा अभियुक्तको आक्रमणबाट इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदय नारायण ठाकुर समेत घाइते भएका छन्। दुवै घाइतेको उपचार प्रादेशिक अस्पताल सिरहामा भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट प्लास्टिकसहित १०१ ग्राम ६० मिलिग्राम तथा प्लास्टिकबाहेक ९२ ग्राम ३० मिलिग्राम ब्राउनसुगर (खैरो हिरोइन) जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका रञ्जित कुमार पासवान सीमावर्ती क्षेत्रमा सक्रिय कुख्यात लागुऔषध कारोबारी रहेको खुलेको छ। प्रहरीका अनुसार उनले हालसम्म करिब १० देखि १२ किलोग्रामसम्म ब्राउनसुगर बिक्री वितरण गरिसकेको प्रारम्भिक तथ्य फेला परेको छ, जसको नेपाली बजार मूल्य करिब ३ करोड रुपैयाँ बराबर हुन आउने अनुमान गरिएको छ।

अनुसन्धानबाट पासवानले सिरहा जिल्लामा पक्राउ परेका अधिकांश लागुऔषध दुर्व्यसनी तथा प्रयोगकर्तालाई ब्राउनसुगर आपूर्ति गर्दै आएको र अवैध कारोबारमा नाबालकहरूको समेत प्रयोग गर्ने गरेको तथ्य खुलेको प्रहरीले जनाएको छ। हाल पक्राउ परेका नाबालकलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी सोधपुछ तथा थप अनुसन्धान भइरहेको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤