ताजा समाचार

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

  • असार ७, २०८३
  • ४१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट खटिएको प्रहरी गस्ती टोलीले अबैध कुखुराका चल्ला बरामद गरेको छ। भारतबाट अबैध रूपमा नेपाल ल्याउदै गरेको अवैध चल्ला बरामद गरेको हो ।

कृष्णनगर नगरपालिका वडा नं १२ बाट १४ कार्टून प्रति कार्टून १०० चल्लाका दरले १ हजार ४०० चल्ला बरामद गरेको हो। बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका वडा नं २ अवस्थित पुरानो नगरपालिका रहेको भवन पछाडि रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइनका प्रतिनिधि दयाराम चौधरी, प्रहरी, पत्रकार,लगाएतको उपस्थितिमा उक्त चल्ला नष्ट गरिएको हो।

साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार, न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न तत्पर रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक कृष्ण बहादुर कुवरले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤