ताजा समाचार

एलएमसी कलेजको शतप्रतिशत नतिजा, ७ विद्यार्थीले ल्याए A+ गुणस्तरीय शिक्षाको प्रतिफल : क्याम्पस प्रमुख बिरेन्द्र यादव

  • असार ७, २०८३
  • १२५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान, असार ७। सिराहाको लाहान–७ स्थित एलएमसी कलेजले यस वर्षको कक्षा १२ को नतिजामा शतप्रतिशत सफलता हासिल गर्दै उत्कृष्ट उपलब्धि कायम गरेको छ। कलेजका सबै विद्यार्थी उत्तीर्ण भएका छन् भने सात जना विद्यार्थीले A+ ग्रेड प्राप्त गर्दै कलेजको गौरव बढाएका छन्।

कलेज प्रशासनका अनुसार नियमित पठनपाठन, अनुभवी शिक्षक टोली, अनुशासित शैक्षिक वातावरण तथा विद्यार्थीहरूको अथक मेहनतका कारण यस वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको हो। A+ ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूमा सरोज कुमार मुखिया (३.६०), सुमित राय (३.७०), राजेश मुखिया (३.७५), नितिश यादव (३.७०), बब्लु साह (३.७५), मधु यादव (३.८१) र विधा यादव (३.८१) रहेका छन्। अन्य विद्यार्थीहरूले समेत उत्कृष्ट ग्रेड हासिल गरेका छन्। 

क्याम्पस प्रमुख बिरेन्द्र यादवले यस उपलब्धिलाई विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीको संयुक्त प्रयासको परिणाम भएको बताए। उनले भने, “एलएमसी कलेजले गुणस्तरीय शिक्षालाई सधैं प्राथमिकतामा राख्दै आएको छ। यस वर्षको शतप्रतिशत नतिजा र सात जना विद्यार्थीले A+ हासिल गर्नु सम्पूर्ण कलेज परिवारका लागि गौरवको विषय हो। विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासकै कारण यो सफलता सम्भव भएको हो। आगामी दिनमा पनि अझ प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिनेछौं।”

यस उपलब्धिप्रति अभिभावक तथा स्थानीयवासीले समेत खुसी व्यक्त गरेका छन्। पछिल्ला वर्षहरूमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको एलएमसी कलेज लाहान क्षेत्रको एक भरोसायोग्य शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤