ताजा समाचार

कटहरियामा कुपोषण मुक्त अभियान अन्तरक्रिया सम्पन्न

  • असार ५, २०८३
  • ५०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार प्रसाद यादव, रौतहट,५ असार । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय गौर, रौतहटको आयोजनामा “कुपोषण मुक्त मधेश प्रदेश अभियान सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया तथा बहस पैरवी कार्यक्रम” कटहरिया नगरपालिकामा सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत आयोजित उक्त कार्यक्रममा कुपोषण न्यूनीकरण, मातृ तथा शिशु पोषण सुधार, स्थानीय तहको भूमिका तथा समुदाय स्तरमा सञ्चालन गर्नुपर्ने पोषणसम्बन्धी गतिविधिका विषयमा विस्तृत अन्तरक्रिया तथा बहस पैरवी गरिएको थियो। कार्यक्रममा सहभागीहरूले कुपोषणको समस्या समाधानका लागि स्वास्थ्य, शिक्षा, कृषि तथा स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा कटहरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश यादव, प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाका कार्यालय प्रमुख डा. हरिशंकर महतो, नगरपालिकाभित्रका सबै वडाका स्वास्थ्य चौकी प्रमुखहरू, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका संयोजक तथा जनस्वास्थ्य कार्यालय गौरका सन्जीप यादव ले कुपोषण न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता, जनचेतना अभिवृद्धि तथा बहुपक्षीय समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले कुपोषणमुक्त मधेश प्रदेश निर्माणका लागि स्थानीय तह, स्वास्थ्य संस्था तथा समुदायबीच सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा कटहरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश यादव ले बालविवाह समाजको गम्भीर समस्याका रूपमा रहेको उल्लेख गर्दै बालविवाहका घटना थाहा पाएमा सम्बन्धित निकायमा उजुरी गरी नियन्त्रण तथा न्यूनीकरणमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो।

सहभागीहरूले समुदायस्तरमा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न, गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य अवस्थाप्रति विशेष ध्यान दिन तथा बालबालिकामा कुपोषण न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले कुपोषणविरुद्धको अभियानलाई थप सशक्त बनाउने तथा स्थानीय तहमा पोषणसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤