ताजा समाचार

रौतहटमा लागुऔषध ब्राउन सुगर सहित दुई पक्राउ

  • असार ५, २०८३
  • ४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार प्रसाद यादव, रौतहट, ५ अषाढ । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चपुरमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकसहितको टोलीले शुक्रबार साँझ करिब ६:३० बजे चन्द्रपुर–६ डावरीटोलमा खानतलासी गरेको थियो।

सो क्रममा स्थानीय बलराम सापकोटाका २६ वर्षीय छोरा निराश कुमार सापकोटाको शरीर तथा साथमा रहेको पर्स जाँच गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ०.१६० मिलिग्राम र प्लास्टिकबाहेक ०.०८० मिलिग्राम रहेको बताइएको छ।

साथै सापकोटाको साथबाट नगद रु. ३२ हजार २९० समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पदार्थ बिक्री गर्ने व्यक्तिका रूपमा चन्द्रपुर–६ शान्तिनगर टोल निवासी खडानन्द न्यौपानेका ३० वर्षीय छोरा विकास न्यौपानेको संलग्नता खुलेपछि उनलाई पनि रु. २२ हजार ३९० नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय चपुरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटना स्थल इलाका प्रहरी कार्यालय चपुरबाट करिब ३ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤