Siraha Times
ताजा समाचार

सिराहाको मदन भण्डारी स्मृति माविमा साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • असार ४, २०८३
  • ४९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति माध्यमिक विद्यालयमा एक दिने साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । ​पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग र साइबर अपराध (साइबर क्राइम) न्यूनीकरण गर्ने उद्देश्यले उक्त सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो । धनगढीमाई नगरपालिका अन्तर्गतको महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

​विद्यार्थीलाई साइबर सुरक्षाको पाठ ​कार्यक्रममा मुख्य सहजकर्ताका रूपमा रहनुभएका कानून व्यवसायी आनन्द राज पोखरेलले विद्यार्थीहरूलाई साइबर सुरक्षाका उपाय, सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र साइबर अपराध सम्बन्धी कानूनी व्यवस्थाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो । कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको थियो ।

​ ​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश मान मल्ल मगरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर मगर, शिक्षक, शिक्षिका तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो । ​कार्यक्रमका वक्ताहरूले प्रविधिको सही सदुपयोग नगर्दा कतिपय बालबालिका तथा किशोरकिशोरीहरू अन्जानमै साइबर अपराधको सिकार भइरहेको भन्दै यस्ता सचेतनामूलक कार्यक्रम स्थानीय तहका प्रत्येक विद्यालयमा पुर्‍याउनुपर्ने जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

स्वच्छता र्‍याली र स ...

लहान साउन २५ । घरबाट सुरु हुने सरसफाइको अभ्यासलाई समुदाय हुँदै सार्वजनिक स्थलसम्म विस्तार गर्ने उद्द ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१