Siraha Times
ताजा समाचार

सिरहाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई गरे पक्राउ

  • वैशाख २५, २०८३
  • ५०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, वैशाख २५ । सिरहाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाको नाम एउटै अर्थात् देवकान्त चौधरी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वैशाख २४ गते साँझ करिब ६ः३० बजेको समयमा जिल्ला सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १ बाखैर क्षेत्रमा मोटरसाइकलमार्फत लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढी सिरहा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिरहाको संयुक्त टोली खटिएको थियो।

प्रहरी टोलीले लदनियाबाट बाखैरतर्फ आउँदै गरेको प्र.२-०१-००१प ०३१२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक लहान नगरपालिका वडा नं. १३ बस्ने अन्दाजी ३५ वर्षीय देवकान्त चौधरी र पछाडि सवार सोही स्थानका अन्दाजी ४३ वर्षीय देवकान्त चौधरीलाई नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा पछाडि सवार देवकान्त चौधरीले लगाएको पाइन्टको बाँया खल्तीबाट प्लास्टिकसहित ३.६३ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

साथै उनीहरूबाट दुई थान मोबाइल र प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहानमा राखिएको तथा वैशाख २५ गते सिरहा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन राति करिब ९ः१० बजेको समयमा गोलबजार नगरपालिका वडा नं. ४ क्याम्पस चौक क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ मुस्गरनिया बस्ने अन्दाजी २१ वर्षीय लोक सिंह राजपुतलाई पक्राउ गरेको छ।

प्रहरीले उनको शरीर खानतलासी गर्दा ज्याकेटको दाहिने खल्तीबाट प्लास्टिकमा बेरेर राखिएको Nitrazepam Tablets का ९ पाता अर्थात् ८१ पिस बरामद गरेको जनाएको छ। पक्राउ परेका राजपुतलाई पनि इलाका प्रहरी कार्यालय गोलबजारमा राखी मिति २०८३ वैशाख २५ गते सिरहा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

मधेसी समुदायमा नेतृत ...

रहमुल,लहान, २७ जेठ । मधेसी समुदायको हक, अधिकार तथा समग्र सशक्तीकरणलाई केन्द्रमा राख्दै मधेसी आयोगले ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१