Siraha Times
ताजा समाचार

बलान बिहुलमा कुपोषण विरुद्ध ‘कृषि–पोषण’ अभियान: गरीब किसान लक्षित सहयोग वितरण

  • वैशाख २२, २०८३
  • ४५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान २२ वैशाख । “समृद्ध बलान बिहुल” अभियान अन्तर्गत सप्तरीको बलान बिहुल गाउँपालिकाले कुपोषण न्यूनीकरण र किसान सशक्तीकरणलाई जोड्दै नयाँ पहल अघि बढाएको छ। गाउँपालिकाभित्र सञ्चालन गरिएको समुदायस्तरीय चेकजाँच बाट कुपोषित बालबालिका पहिचान गरी उनीहरूको परिवारलाई पोषणयुक्त खाद्य सामग्री तथा कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिएका छन्।

अध्यक्ष यादवका अनुसार कुपोषण केवल स्वास्थ्य समस्या नभई आर्थिक र खाद्य सुरक्षासँग जोडिएको चुनौती हो। “जबसम्म किसान आत्मनिर्भर हुँदैनन्, तबसम्म कुपोषण अन्त्य गर्न सकिँदैन,” उनले भने, “त्यसैले हामीले राहत मात्र होइन, उत्पादन बढाउने औजार पनि दिएका छौं, ताकि परिवार आफैं सक्षम बनोस्।” यस अभियानमा राष्ट्रिय कृषक समुह महासंघ नेपाल र केयर नेपालले महत्वपूर्ण सहयोग गरेका छन्। पालिका प्रमुख यादवले दुवै संस्थालाई धन्यवाद दिँदै यस्ता साझेदारीले ग्रामीण विकासमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।

महासंघका मधेश प्रदेश सचिव यामुन प्रसाद यादवका अनुसार विगत केही वर्षदेखि केयर नेपालको सहकार्यमा गाउँपालिकामा कृषि प्रवर्द्धन, किसान सशक्तीकरण र पोषण सुधारसम्बन्धी कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। “हामीले किसानलाई केवल सहयोग दिने होइन, उनीहरूलाई उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौं,” उनले बताए।

कार्यक्रमअन्तर्गत वितरण गरिएका कृषि औजारहरूले साना किसानलाई खेतीपातीमा सहजता ल्याउने अपेक्षा गरिएको छ। साथै, पोषणयुक्त खाद्य सामग्रीले कुपोषित बालबालिकाको स्वास्थ्य सुधारमा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ।

स्थानीय किसानहरूका अनुसार यस्ता कार्यक्रमले उनीहरूको जीवनस्तर उकास्न सहयोग पुर्‍याउनेछ। “हामीलाई केवल खाद्यान्न होइन, खेती गर्ने साधन पनि दिइएको छ, जसले भविष्यमा आफैं उत्पादन गर्न सक्ने बनाउँछ,” एक स्थानीय कृषकले बताए।

बलान बिहुल गाउँपालिकाको यो पहलले कुपोषण न्यूनीकरण र किसान सशक्तीकरणलाई एकैसाथ सम्बोधन गर्ने प्रयास गरेको छ। गरीब किसानको हकहितलाई केन्द्रमा राखेर अघि बढाइएको यस्तो अभियानले दिगो विकासतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१