Siraha Times
ताजा समाचार

SEE २०८२ केन्द्राध्यक्ष अभिमुखिकरण सम्पन्न, निष्पक्ष र व्यवस्थित परीक्षा सञ्चालनमा जोड

  • चैत १७, २०८२
  • ५०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १७ चैत्र । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ लाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रूपमा सञ्चालन गर्ने उद्देश्यसहित केन्द्राध्यक्ष अभिमुखिकरण कार्यक्रम लहानमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला शिक्षा समिति अध्यक्ष दिनेश महतोको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई प्रमुख, जिल्ला शिक्षा समिति सदस्य मुरारी प्रसाद साह लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्लाभरका ५१ वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिनेश महतोले SEE परीक्षा विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालन पारदर्शी, अनुशासित र निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिए। उनले कुनै पनि प्रकारको अनियमितता, नक्कली परीक्षा तथा अनुचित गतिविधि नियन्त्रण गर्न केन्द्राध्यक्षहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे।

त्यसैगरी, प्रमुख जिल्ला अधिकारीले परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई कडा बनाइने जानकारी दिँदै परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले परीक्षा केन्द्र वरपर अनावश्यक भीडभाड, होहल्ला तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायहरूबीच समन्वय आवश्यक रहेको स्पष्ट पारे।

अभिमुखिकरण कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई प्रमुखले परीक्षा सञ्चालनसम्बन्धी कार्यविधि, आचारसंहिता, उत्तरपुस्तिका व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता तथा आकस्मिक अवस्थाको व्यवस्थापनबारे विस्तृत जानकारी गराएका थिए। साथै, परीक्षा निष्पक्ष र मर्यादित बनाउन केन्द्राध्यक्षहरूले अपनाउनुपर्ने जिम्मेवारी र सावधानीका विषयमा समेत स्पष्ट निर्देशन दिइएको थियो।

कार्यक्रममा सहभागी केन्द्राध्यक्षहरूले परीक्षा व्यवस्थापनमा एकरूपता ल्याउने, नियमअनुसार परीक्षा सञ्चालन गर्ने तथा कुनै पनि दबाब वा प्रभावमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए। यस प्रकारका अभिमुखिकरण कार्यक्रमले SEE परीक्षालाई व्यवस्थित, विश्वसनीय र मर्यादित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१