Siraha Times
ताजा समाचार

जलवायु उत्थानशील कृषि अभ्यास सम्बन्धी २ दिने चिन्तन–मनन तथा सिकाइ आदान–प्रदान सम्पन्न

  • चैत ४, २०८२
  • ७३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान , चैत ०४ । “सशक्त, समृद्धी र सम्मानित किसानः सबल महासंघ” भन्ने मूल नाराका साथ कृषक समूहद्वारा स्थानीय स्तरमा अभ्यास गरिएका जलवायु उत्थानशील कृषि प्रविधिहरू सम्बन्धी २ दिने चिन्तन–मनन तथा सिकाइ आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

चैत ०२ र ०३ गते अग्नीसाइर कृष्णासवरन गाउँपालिका, सप्तरीमा आयोजना गरिएको उक्त कार्यक्रम राष्ट्रिय कृषक समूह महासंघ नेपालको समन्वयमा सम्पन्न भएको हो। कार्यक्रम अन्तर्गत वडा नं. ५ स्थित सितापुर कनैल बजार तथा वडा नं. ३ हरिहरपुर क्षेत्रमा रहेका कृषक समूहहरूको अनुगमन गरिएको थियो।

हरिहरपुरस्थित भवानी कृषक समूहका करिब ३० जना दिदीबहिनीहरूले तालिमबाट प्राप्त अनुभव तथा सिकाइहरू प्रस्तुत गरेका थिए। समूहकी अध्यक्ष तरुना कुमारी चौधरीले समूहले गरेका गतिविधि, कृषि अभ्यास तथा उपलब्धिहरूबारे विस्तृत जानकारी गराएकी थिइन्। कार्यक्रममा महासंघका सचिव जामुन प्रसाद यादवले सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै संस्थागत अवस्था, कृषकका समस्या तथा विगतका चुनौतीबारे जानकारी लिएका थिए।

उहाँले घरदैलो शैलीमा प्रश्न गर्दै कृषकहरूको वास्तविक अवस्था बुझ्ने प्रयास गर्नुभएको थियो। त्यसैगरी, महासंघका केन्द्रीय सदस्य सुमिन्द्रा चौधरीले २ दिने तालिमबाट सहभागीहरूले के–के सिके भन्ने विषयमा केन्द्रित भएर अनुगमन तथा समीक्षा गर्नुभएको थियो। कार्यक्रममा विशेष गरी कम्पोस्ट मलको प्रयोग, गोठ सुधार, टनेल खेती, तथा स्प्रिङ कल (Spring Crop) जस्ता अभ्यासहरूमा जोड दिइएको थियो।

समूहद्वारा गरिएको एक उदाहरणअनुसार १० किलो आलु रोप्दा ५५ किलो उत्पादन भएको जानकारी दिइएको छ, जसले आधुनिक कृषि अभ्यासको प्रभावकारिता देखाएको छ। राजदेवी कृषक समूह, भुर्की गाउँकी अध्यक्ष सावित्री चौधरीले आफ्नो समूहमा ३० जना सदस्य रहेको जानकारी दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको बताउनुभयो।

समूहले विशेष रूपमा: • गोठ सुधार (गाई–बस्तु भएका कृषकका लागि) • टनेल खेती (गाई–बस्तु नभएका कृषकका लागि) • भर्मीकम्पोस्ट मल उत्पादन • विपन्न परिवारका लागि दूध विकास कार्यक्रमजस्ता गतिविधिहरू सञ्चालन गरिरहेको जनाएको छ।

कार्यक्रम फिल्ड सुपरभाइजर किरन प्रदेशीको सुपरभिजनमा सञ्चालन गरिएको थियो। २ दिने तालिम सफल बनाउन प्रशिक्षक तथा स्थानीय समन्वयकर्ताहरूको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ। उक्त कार्यक्रमले स्थानीय कृषकहरूलाई जलवायु अनुकूल कृषि प्रविधि अपनाउन, उत्पादन वृद्धि गर्न तथा आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुगेको सहभागीहरूले बताएका छन्। यस किसिमका कार्यक्रमहरूले कृषकहरूको सशक्तिकरण गर्दै दिगो कृषि विकासमा टेवा पुर्यातउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१