ताजा समाचार

लहान–२४ मा कक्षा १० का विद्यार्थीहरूको विदाइ समारोह सम्पन्न

  • चैत ३, २०८२
  • ६७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, चैत्र ३। लहान नगरपालिका–२४ स्थित श्री लेखनाथ मा.वि. मलहनमा गोविन्दपुर विद्यालयमा कक्षा १० का प्रिय विद्यार्थीहरूको विदाइ समारोह अत्यन्त भावुक र स्मरणीय वातावरणमा सम्पन्न भएको छ। विद्यालय परिवारद्वारा आयोजित उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रासलाल राय राजपुत (वडा अध्यक्ष, लहान नगरपालिका–२४) तथा विशिष्ट अतिथि वडा सदस्य आशा कुमारी महतोको विशेष उपस्थितिले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।

अतिथिहरूले कक्षा १० का विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै आगामी शैक्षिक यात्रामा निरन्तर परिश्रम र सफलताको शुभकामना व्यक्त गरेका थिए। विद्यालय परिवारका तर्फबाट पनि कक्षा १० का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना दिँदै यहाँ बिताएका दिनहरू, सिकेका ज्ञान, शिक्षक–विद्यार्थीबीचको माया, साथ र सम्झनाहरू जीवनभर अमिट रहने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रमका वक्ताहरूले विदाइ केवल छुट्टिने क्षण मात्र नभई नयाँ यात्रा र उज्ज्वल भविष्यतर्फको सुरुवात भएको उल्लेख गरे।

उनीहरूले विद्यार्थीहरूलाई जहाँ जाँदा पनि आफ्नो विद्यालय, गुरुजन र यहाँबाट प्राप्त ज्ञानलाई सम्झँदै जीवनमा निरन्तर प्रगति र सफलता हासिल गर्न प्रेरणा दिएका थिए। विद्यालयले विद्यार्थीहरूको सफल भविष्य नै आफ्नो सबैभन्दा ठूलो गर्व हुने बताउँदै सबै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤