Siraha Times
ताजा समाचार

नेशनल मेडिकल कलेजद्वारा पर्सा–बाराका मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकालाई कपडा वितरण

  • चैत १, २०८२
  • ३५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १ चैत्र। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंज ले पर्सा र बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रम आज कलेजको कन्फरेन्स हलमा सम्पन्न भएको हो। कार्यक्रममा मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकालाई लक्षित गरी कपडा वितरण गरिएको थियो।

कार्यक्रमअन्तर्गत ५१४ जना विद्यार्थी, ९३ जना शिक्षक तथा ५ जना महिला कर्मचारी गरी कुल ६१२ जनालाई कपडा वितरण गरिएको जनाइएको छ। कपडा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारी, एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यशमिन तथा एडमिशन अफेयर्स तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारीको हातबाट वितरण गरिएको थियो। कपडा वितरण कार्यक्रमअन्तर्गत मदरसा बर्खुलउलूम छपकैया, यतीमखाना छपकैया, मदरसा मदिना जामे मस्जिद, मदरसा दारुल उलूम, यतीमखाना बहुअरी, मदरसा सनवरिया पोखरिया, यतीमखाना इनरुवा, मदरसा दुर्गालिया, मदरसा चेटा, मदरसा मदनिया सिरसिया, लिपन मदरसा, मदरसा कलेया इनरुवा, सोनबरसा मदरसा, गोनपुर गफुरिया मदरसा तथा एगाज निकाह मदरसा लगायतका संस्थामा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरू लाभान्वित भएका छन्।

कार्यक्रममा वरिष्ठ प्रशासक विश्वनाथ कान्त, मौलाना नुरुल होदा तथा प्रशासन अधिकृत पप्पु सिंह लगायतको उपस्थिति रहेको थियो। कलेज प्रशासनका अनुसार विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको हो। कलेजले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नुका साथै स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

२३औँ राष्ट्रिय धान द ...

रहमुल, काठमाडौं, १४ असार । "धान उत्पादन बढाऔँ, किसान समृद्ध बनाऔँ, देशलाई खाद्यान्नमा आत्मनिर्भर बना ...

बागमती प्रदेश समन्वय ...

आशिक हुसैन शेख दोहा कतार, जुन २८ । "सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने ...

लहानमा संघीयता कार्य ...

लहान, असार १४ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सवलीकरण तथा सांस्कृतिक सम्पदा संरक्षण समित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१