प्रहरी चौकी पथलैयाका ईन्चार्ज थपलिया र घुमुवा मण्डलको अवैध असुली तिब्र, माथिल्लो निकाय बेखबर

  • फागुन ६, २०८२
  • ४२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज ६ फागुन । प्रहरी चौकी पथलैयाका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक रुपेश थपलियाले आफ्ना घुमुवा मार्फत व्यपारीहरुलाई आतंकित बनाई अवैध असुली कार्यलाई तीब्र पारेको समाचार प्राप्त भएको छ । बरिष्ठ सई थपलियाले बदनाम घुमुवाको छवी बनाएका प्रहरी सहायक हवलदार रतनेश मण्डललाई सादा पोशाक (घुमुवा)को रुपमा खटाई ट्रान्सपोर्टका गाडी, कपडा व्यपारी, बटर व्यपारी, दुध पाउडर र चिनीका व्यापारीहरु सँग अवैध रकम असुली गराई रहेको समाचार स्रोतले जनाएको छ ।

भारतबाट पर्सा, बारा, रौतहट र धनुषा जिल्लाको विभिन्न नाकाहरु भएर अवैध रुपमा तस्करीको माध्यमबाट ल्याईएका सामग्रीहरु अन्य जिल्लाहरुमा लैजान मुख्य बाटो पथलैया भएर जाने गर्दछ । अवैध रुपमा बाहिर जान लागेको सामग्रीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नु पर्नेमा बरिष्ठ सई थपलिया र बदनाम घुमुवा मण्डलले व्यपारीहरु सँग साँठगाठ गरी मासिक रुपमा नजराना बुझने गरेको स्रोतले जनाएको छ ।

वीरगंज, कलैया, रौतहट र जनकपुरबाट खुल्ने रात्री बस तथा ट्रान्सपोर्टका गाडीहरुबाट बरिष्ठ सई थपलिया आफै र आफ्ना घुमुवा प्रहरी सहायक हवलदार मण्डल मार्फत मासिक रुपमा प्रति ट्रान्सपोर्टबाट १० हजार देखि २० हजार सम्म, त्यसैगरी वीरगंजका व्यपारीहरु बटरको काम गर्ने अरमान सँग १० हजार, कपडा व्यपारी सदाम सँग १० हजार र केदार सँग १५ हजार, रौतहटबाट सुर्तीको काम गर्ने निलेश सँग १२ हजार, कपडा व्यपारी मन्तोष सँग १५ हजार, धिरज सँग १५ हजार, जनकपुरबाट बटरको काम गर्ने चौधरी सँग १५ हजार, दुध पाउडरको काम गर्ने अजय सँग १० हजार लगायत अन्य अवैध कारोबारीहरु सँग मासिक ५ देखि ७ लाख सम्म असुली गरिरहेको समाचार स्रोतले जनाएको छ ।

प्रहरी सहायक हवलदार मण्डल यस भन्दा अगाडि पनि पथलैयामा घुमुवा रहेको बेला बसबाट चाँदी पक्राउ पर्दा कार्यालयमा नबुझाई आफै लुकाई राखेको सूचना जिल्ला प्रहरी कार्यालय बारालाई जानकारी भएपछि मण्डल सहित प्रहरी हवलदार मुमताज अंसारीलाई कारवाही स्वरुप जिल्ला तानेको प्रहरी स्रोतको भनाई रहेको छ ।

सोही सहायक हवलदार मण्डल पुनः प्रहरी चौकी पथलैयामा अवैध कारोबारीहरुबाट रकम असुली गरिरहेको समाचार स्रोतले जनाएको छ । प्रहरी संगठनको माथिल्लो निकायको विशेष अहिले प्रतिनिधिसभाको चुनाव तिर रहे पनि प्रहरी चौकी पथलैयाका ईन्चार्ज थपलिया र घुमुवा मण्डलले आफ्नो अवैध असुली कार्यलाई तीब्र बनाएको जनाईएको छ । यसतर्फ प्रहरी संगठनको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

जी.स.स. प्रमुख महतोक ...

लहान, फागुन २९ । जी.स.स. प्रमुख महतोको प्रमुख अतिथ्यमा  “Nutrition for Life (N4L)” ...

सिरहामा आँपका बगैँचा ...

लहान फागुन २८। सिरहा जिल्लाका विभिन्न स्थानमा रहेका आँपका बगैँचाहरू यतिबेला मञ्जरीले ढकमक्क भएका छन् ...

धानपछि गहुँमा पनि सं ...

रहमुल लहान, २८ फागुन । यस वर्षको असामान्य मौसमका कारण सिरहासहित तराईका विभिन्न क्षेत्रमा किसानहरू लग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१