ताजा समाचार

वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता :- पाण्डेय 

  • माघ २५, २०८२
  • ४८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

दैलेख, माघ २५ । नारायण नगरपालिका वडा नं. १ मा अवस्थित दैलेख टेक्निकल स्कुलमा स्वागत तथा विदाई कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । शिक्षालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अरुण पाण्डेयले वर्तमान समयमा सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकता बढी रहेको बताए।

पाण्डेयले विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा तयार हुन आग्रह गर्दै स्कुलको शैक्षिक गुणस्तर विकासको लागि सधैं प्रतिबद्ध रहेको बताए। त्यस्तै, विशिष्ट अतिथि शिक्षालय संचालिका लता पाण्डेयको गरिमा मय आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रशिक्षकहरू डिल्ली लम्साल, जितेन्द्र तामाङ, लोकराज पन्त, भक्त बहादुर शाही, दुर्गा प्रसाद उपाध्याय र प्रेम खड्काले विद्यार्थीहरूलाई शैक्षिक मार्गनिर्देशन गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

प्रशिक्षकहरूले प्राविधिक क्षेत्रमा आउने चुनौती र अवसरहरूबारे विद्यार्थीहरूलाई सचेत गराएका थिए। यसैगरी, विद्यालय व्यवस्थापन समितिका सदस्य चक्र बहादुर चन्दले विद्यालयको चौतर्फी विकास र विद्यार्थीको हितका लागि व्यवस्थापन समिति सधैं तत्पर रहने बताए । कार्यक्रमको अध्यक्ष तृतिय वर्षका प्रशिक्षार्थी अंग धामीले स्कुलले विद्यार्थीहरूलाई नेतृत्व विकासमा पनि अवसर दिएकोमा धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन द्वित्तिय वर्ष एच.ए. की प्रशिक्षार्थी अनामिका बिसीले गरेकी थिइन ।

तृतिय वर्ष एच.ए का प्रशिक्षार्थी अंग धामीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्राविधिक शिक्षाको महत्व र विद्यार्थीहरूको भूमिकाबारे गहन चर्चा गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। ल्याव टेक्निसियन, एच.ए., भेटनरी तथा सिभिल सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित दैलेख टेक्निकल स्कुल एक महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा दैलेखमा स्थापित भएको छ। यस स्कुलले प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै स्थानीय तथा राष्ट्रिय स्तरमा आवश्यक दक्ष जनशक्ति तयार गर्दै आएको छ। 

प्रतिक्रिया दिनुहोस

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤