Siraha Times
ताजा समाचार

युट्युबर र सञ्चारकर्मीबाट आचारसंहिता उल्लंघन बढ्दो, महासंघको गम्भीर आपत्ति

  • माघ २१, २०८२
  • ६४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान मघ २१ । देशमा बढ्दो बेरोजगारीका कारण पछिल्लो समय धेरै युवाहरू वैकल्पिक पेशाका रूपमा पत्रकारिता तथा डिजिटल मिडियातर्फ आकर्षित भएका छन्। विशेषतः युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालको प्रयोग बढेसँगै पत्रकारिताको नाममा आचारसंहिता उल्लंघन हुने क्रम पनि तीव्र बन्दै गएको छ। यसप्रति नेपाल पत्रकार महासंघ सिराहाले गम्भीर आपत्ति जनाएको छ।

महासंघका अनुसार २०८२ साल फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन आम सञ्चार जगतको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। तर पछिल्लो समय केही युट्युबर, सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूले दल र उम्मेदवारको पक्ष वा विपक्षमा खुलेर समर्थन र विरोध जनाउने, घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रसारण गरेको पाइएको महासंघले जनाएको छ।

कुनै पार्टी वा उम्मेदवारको पक्षमा मत माग्नु, “फलानो उम्मेदवारलाई भोट दिनु” जस्ता अभिव्यक्ति दिनु पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरीत रहेको महासंघको ठहर छ। कतिपय सञ्चारकर्मी उम्मेदवारसँगै हिँडेर मत माग्ने, समर्थन र विरोधजन्य भिडियो तथा सामग्री सार्वजनिक गरेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ सिराहाले सबै सञ्चारकर्मीलाई पत्रकारिता आचारसंहिता र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै पत्रकारिताको उच्च धर्म निर्वाह गर्न अपील गरेको छ। साथै, आसन्न निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन भूमिका खेल्न र कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलाग्न आग्रह गरेको छ। गैरकानुनी तथा आचारसंहिता विपरीत कार्य गर्नेहरूलाई कडा कारबाही गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै, त्यस्ता कारबाहीमा महासंघले कसैको पक्षपोषण नगर्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१