Siraha Times
ताजा समाचार

प्रेमीसँग मिलेर परिवार सिध्याउने योजना बनाएकी मनिता देवी

  • माघ १६, २०८२
  • ५६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १६ माघ । बाराको परवानीपुर गाउँपालिकामा भएको दोहोरो हत्याकाण्डमा मृतक परिवारकै बुहारी मनिता देवी मण्डल र उनका प्रेमी २७ वर्षीय धर्मेन्द्र महतोको संलग्नता खुलेको छ। अनुसन्धानका क्रममा मनिता देवीले सम्पूर्ण परिवारलाई समाप्त गर्ने योजनासहित युएईमा रहेका प्रेमी धर्मेन्द्रलाई नेपाल बोलाएको तथ्य बाहिर आएको हो। प्रहरीका अनुसार मनिता देवी र धर्मेन्द्र महतोबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको पाइएको छ। सोही योजनाअनुसार धर्मेन्द्र घटना घटाउनकै लागि नेपाल फर्किएको र उक्त विषय उनको परिवारलाई समेत जानकारी नरहेको जनाइएको छ।

सोमबार बिहान परवानीपुर गाउँपालिका–१ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतेकै अवस्थामा परिवारमाथि धारिलो हतियार प्रहार गरिएको थियो। उक्त घटनामा जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै मृत्यु भएको थियो।

घटनामा जगरुप मण्डल र उनकी २१ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका धर्मेन्द्र महतोलाई प्रहरीले विश्रामपुर गाउँपालिका–४ मुसहर्वा नाका हुँदै भारततर्फ भाग्न लागेको अवस्थामा नियन्त्रणमा लिएको हो। मनिता देवी मण्डल यसअघि नै प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने यस जघन्य घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। स्रोत: खवर मन्दु

प्रतिक्रिया दिनुहोस

राजदेवी पञ्चावती मन् ...

ओम प्रकाश यादव लहान, १८ वैशाख । लहान नगरपालिका–१५, ढोडनास्थित श्री राजदेवी पञ्चावती मन्दिरमा ल ...

खरिदारदेखि आईजीपीसम् ...

काठमाडौं । मुलुकको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन तथा विपद् प्रतिकार्यको अग्रपंक्तिमा रहेको सशस्त् ...

सिरहामा खाद्य सुरक्ष ...

रहमुल, १८ वैशाख, सिरहा । सिरहा जिल्लामा खाद्य सुरक्षा सुदृढीकरण र एकीकृत पोषण सुधारका लागि जिल्ला स् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१