Siraha Times
ताजा समाचार

६४ औं राष्ट्रिय नर्स दिवस पर्सामा सम्पन

  • माघ १५, २०८२
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १५ माघ। आज नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा ६४औँ राष्ट्रिय नर्स दिवसको उपलक्ष्यमा वीरगञ्ज नर्सिङ क्याम्पसको सभाहलमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भयो। कार्यक्रम संघकी अध्यक्ष डा. कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नारायणी अस्पतालका कार्यवाहक मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह, विशेष अतिथिका रूपमा श्री अस्पतालकी अध्यक्ष डा. प्रीति यादवको उपस्थिति रहेको थियो।

त्यसैगरी अतिथिहरूमा नेशनल मेडिकल कलेजका उप–प्राचार्य प्रा. डा. बबिता सिंह, नर्सिङ निर्देशक प्रा. गंगा गुरुङ, संघका सल्लाहकार, पदाधिकारीहरू, वीरगञ्ज क्षेत्रका विभिन्न कलेज तथा अस्पतालका प्रमुखहरू, कलेजका विद्यार्थीहरू तथा अस्पतालका नर्सिङ स्टाफहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्पन्न भएको कार्यक्रममा विभिन्न तहका नर्सिङ विद्यार्थी तथा नर्सिङ स्टाफहरूबीच प्रतिस्पर्धा आयोजना गरिएको थियो।

ब्याचलर तहतर्फ प्रथम स्थान आरती तिमल्सिना, दोस्रो स्थान सुनीता बस्नेत बिरगंज नर्सिङ क्याम्पस र तेस्रो स्थान कृति पौडेल नेशनल मेडिकल कलेज नर्सिङ क्याम्पस ले हासिल गर्नुभयो। त्यसैगरी, नर्सिङ स्टाफतर्फ प्रथम स्थान दीपा गुप्ता, दोस्रो स्थान सोनाली वर्मा नारायणी अस्पताल ले प्राप्त गर्नुभयो।

PCL तहतर्फ नेपाल कलेज अफ नर्सिङकी नर्मता क्षेत्री प्रथम, गुनराज पाठक नर्सिङ कलेजकी आशिका साह दोस्रो, तथा एभरग्रीन कलेजका अपरसिता स्वमकार र अनिशा पौडेल तेस्रो स्थानमा विजयी हुनुभयो। वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा डा. लक्ष्मी थापा, सुश्री श्रुति शाह तथा रीना चौधरी रहनु भएको थियो। प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरू तथा अस्पतालमा कार्यरत नर्सिङ कर्मचारीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको सञ्चालन नेपाल नर्सिङ संघ, पर्सा शाखाका सचिव जाफ्रे आलम अन्सारी तथा सरिता रम्तेलज्यूले गर्नुभएको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण अतिथि, सहभागी, निर्णायक तथा आयोजक टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१