Siraha Times
ताजा समाचार

गूगल एकेडेमीको वार्षिकोत्सव सम्पन्न, शिक्षक, अभिभावक र विद्यार्थी सम्मानित

  • माघ ६, २०८२
  • ४२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ६ माघ । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीको वार्षिकोत्सव “२०८२” कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका महासचिव शिवजी प्रसाद कलवारले यो स्कूल छोटो समयमै आफ्नो छुटै पहिचान बनाउन सफल भएकोमा बधाई दिदै विद्यालयले शिक्षाको गुणस्तरमा विशेष ध्यान दिन सुझाव समेत दिएका थिए ।

यस विद्यालयबाट प्रथम पटक यस वर्ष एसईई दिएका विद्यार्थीहरुले शतप्रतिशत नतिजा निकाल्न सफल भएको चर्चा गर्दै विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको समर्पणभाव हुनुपर्नेमा जोड दिए । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै कलवारले विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधि गर्न सुझाएका थिए ।

विद्यालयका प्रधानाध्यापक नरेश राउत कुर्मीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एन–प्याब्सन वीरगंज महानगर अध्यक्ष जियालाल गुप्ता, ज्ञानदा एकेडेमी वीरगंजका सि.इ.ओ. राजेन्द्र कोइराला, भास्कर हर्बल हेल्थ टिकल्स प्रा.लि.का डा. राजु बैठा, मानव सेवा आश्रम वीरगंजका देवेश प्रसाद, नेपाल वार एशोसिएशन पर्साका अध्यक्ष अधिवक्ता राम नारायण कुर्मी लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

सो अवसरमा शिक्षक अफ द इयरबाट सम्झना चौधरी, जेनिशा ब्लोन लामा, राधेश्याम रौनियार, त्यसैगरी अभिभावक अफ द इयरबाट नरेश पटेल, रमिता कुमारी, तथा विद्यार्थी अफ द इयरबाट निरञ्जन पटेल, कृतिका चौधरी लाई विद्यालयले सम्मान गरेको छ ।

सो अवसरमा कृषि अनुसन्धान केन्द्र परवानीपुर निर्देशक, डा. विश्वेश्वर प्रसाद यादव, श्रीजंग गण, श्रीपुर ब्यारेक वीरगंजका प्रमुख सेनानी लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाल, नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव अजय चौरसिया, सञ्चारकर्मीहरु रंजित चौरसिया, निरञ्जन साह, दिपक चौरसिया लगायत विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा स्वागत मनतव्य विद्यालयका संयोजक शान्ति कुमार लामाले गरेका थिए भने सञ्चालन श्रीशान्त प्रसाद कलवार र प्रेरणा श्रीवास्तवले गरेका थिए । सो अवसरमा विद्यालयको विद्यार्थीहरुले गायन, नृत्य, ड्रामा, राइम्स, कराते प्रदर्शन, स्काउट प्रदर्शन लगायतका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा कृषि तथा ...

ओम प्रकाश  यादव लहान, वैशाख १७ । “सशक्त, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान वैशाख १७। सशक्त, समृद्ध, सम्मानित किसान सबल महासंघले आगलागीबाट प्रभावित परिवारहर ...

लहान–२० मा नवनिर्मित ...

ओम प्रकाश यादव लहान वैशाख १७ । सिरहाको लहान नगरपालिका–२० मा नवनिर्मित वडा कार्यालय भवन औपचारिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१